११ पटक बिहे गर्दा पनि महिलाको रहर पुगेन, फेरि बिहे गर्न केटा खोज्दै

१७ मंसिर २०७८, शुक्रबार १४:२९ मा प्रकाशित

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे गर्न अर्को बेहुला खोज्दैछिन् । महिलाको नाम मोनेट हो । उनलाई बिहे गर्ने लत लागिसकेको छ ।

डेली मिररका अनुसार यी महिलाले सानै हुँदा आफ्ना दाजुका साथीहरुसँग बिहे गर्ने कल्पना गर्थिन् । हाइ स्कुलको पढाइ पूरा गरेपछि मोनेटले पहिलो बिहे गरिन् । त्यसपछि उनले ९ फरक फरक पुरुषसँग ११ पटक बिहे गरिन् । तर, यीमध्ये कुनै पनि बिहे लामो समयसम्म चल्न सकेन ।

मोनेट अहिले ५२ वर्षकी भएकी छिन् । तर अहिलेसम्म पनि उनी परफेक्ट पार्टनरको खोजीमा छिन् । टिएलसी न्यूज च्यानलसँग कुरा गर्दै मोनेटले भनिन् कि उनी योभन्दा पनि धेरै मानिसहरुसँग बिहे गर्न सक्थिन् । उनलाई २८ अरु बिहेका प्रस्ताव आएका थिए ।

उनले पटक पटक आफ्नो बिहे टुटेका कारण निराश नभएको बताइन् । मोनेट अहिले ५७ वर्षका जोनलाई २ वर्षदेखि डेट गरिरहेकी छिन् । जोनसँग यसअघि पनि २ पटक मोनेटको बिहे भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

थाइल्यान्ड । थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् ।

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा