अभिनेत्री निशा अधिकारीको प्रेम कथा

२३ आश्विन २०६९, मंगलवार २२:५६ मा प्रकाशित

काठमाडौँ । गोपीकृष्ण हलका मालिक उद्धब पौडेलका छोरा निरक पौडेलसँग तन, मन र धन सबै सम्बन्ध टुंगिएपछि मुर्गा खोज्ने क्रममा सिभिल मलका साहुजी इच्छाराज तामाङसँग ठोक्किएकी नायिका तथा मोडल निशा अधिकारी विहे गर्नका लागि उपयुक्त वरको खोजीमा छिन्। केही समयअघि सार्वजनिक स्थलमा अर्धनग्न अवस्थामा पुगेका बेला पत्रकारले फोटो खिचेको आरोपमा हातपातमा उत्रिएकी निशा निरक पौडेलसँगको सम्बन्ध छुटेपछि अस्वाभाविक हर्कतमा उत्रिने गरेको उनका सहकर्मीहरू बताउछन्।
पछिल्लो समयमा अष्टे्रलियाबाट आएका एक युवकसँग नजिकिएकी अधिकारीले करोडपति व्यवसायी इच्छाराजसँगको मित्रतालाई भने यथावतनै राखेको खबर छ। बालुवाटारतिर उनका छिमेकीहरू इच्छाराज मुर्गा बनेको देख्दादेख्दै अब अर्को युवकको प्रवेश भएको भन्दै जिब्रो काढ्न थालेका छन्। हुन त फिल्मी बजारमा हावा चल्नुभन्दा अघिनै पात हल्लिने गर्छ। तर निशाको नयाँ सम्बन्धले गर्दा इच्छाराजका इच्छामा कति असर पार्ने हो त्यो भने हेर्न बाँकी छ।
उता निशा जस्तै विवादस्पद मोडल सहाना बज्राचार्यको कहानी अझै चर्चामै छ। सार्वजनिक स्थलमा भित्री पेन्टी समेत नलगाई मिनिस्कर्टमा जाने अनि पत्रकारले फोटो खिच्यो भनेर पत्रकारलाई हातपात गर्ने सहना पनि बैंकर प्रेमी छाडेर अहिले हिमाल आरोही तथा पर्यटन व्यवसायी दावा स्टेभेन शेर्पाको पार्टनर बनेको समाचार छ। केही समयअघि एक पाँँचतारे होटलमा उनीहरूको देखाएको चर्तिकलाबाट सबै छक्क परेका थिए। नेपाली बाबु र बेल्जियन आमाबाट जन्मिएका दावा स्टेभेन शेर्पाले कीर्तिमानी आरोही आप्पा शेर्पालाई बिभिन्न विदेशी मन्चहरूमा प्रदर्शन गरेर पैसा कमाउने गरेको आरोप छ। अहिले सहनाले दावालाई मुर्गा बनाएको हो वा दावाले आफ्नो बिजनेश प्रमोशनमा सहनालाई मुर्गा बनाएको हो भन्ने स्पष्ट भइसकेको छैन। तर उनीहरूको रोमान्स भने बन्द कोठामा मात्र होइन, सार्वजनिक ठाउमा पनि देखिन थालेको चर्चा कलिउडमा ब्याप्त छ।

प्रतिक्रिया
सम्बन्धित खवर

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा