शरिर बिकाउन खोजियोः : सीताराम कट्टेल

२३ आश्विन २०६९, मंगलवार २२:५३ मा प्रकाशित

सीताराम कट्टेल अर्थात धर्मुस ‘झमेला’ टेलिसिरियलबाट हास्य कलाकारको रुपमा उदाएपछि खासै झमेला खेप्नुपरेन । गीताञ्जली, हिजोआजका कुरा, जिरे खुर्सानी जस्ता चर्चित हास्य कार्यक्रममा खेलिसकेका धुर्मुस अहिले ‘मेरी बास्सै’ व्यस्त छन् । ‘दौड’ सिनेमा खेलेपनि ठूलो पर्दामा उनी बडि्कन सकेनन् र अहिले टेलिसिरियलबाटै दर्शकलाई पेट मिचीमिची हँसाउँछन् । उनको नजरमा नेपाली सिनेमा कस्तो छ ? एकैछिन् धुर्मुसका कुरा पढौं तः

‘दौड’ सिनेमाबाट लडेर हो कि क्या हो त्यसपछि ठूलो पर्दामा देखिएन ?
लडेको होइन । टेलिफिल्म निर्माण, विज्ञापन खेल्नुपर्ने, देशविदेशमा कार्यक्रम हुँदा आउजाउ गरिराख्नुपर्ने भएकोले नभ्याएर हो । समय व्यवस्थापन गर्न नसकेर मात्रै हो । फेरि मैले गरिरहेको पनि छोटो फिल्म नै हो नि ।

पछिल्लो समय हेरेको नेपाली सिनेमा कुन हो ?
लुट ।

नेपाली सिनेमाको ट्रेन्ड कस्तो देख्नुहुन्छ ?
प्राविधिक रुपमा विकसित भए पनि विषयवस्तुका हिसाबले पुरानै छन् । उस्तै उस्तै विषयवस्तु पाइन्छन् । आफ्नै कुरालाई नौलो रुपमा देखाउन सकेका छैनन् । त्यही भएर प्राविधिक रुपमा राम्रो भएपनि नेपाली सिनेमा स्वादिला लाग्दैनन् ।

यौन विषयवस्तुमा सिनेमा थुप्रै बन्न थालेका छन् । हाम्रो समाज उदार भएकै हो ?
लहड हो । हामी त्यसैको पछाडि लागिरहेछौं । सिर्जनान्मक पक्षको अभाव हो, यो । शरिर देखाएर बजारमा सामान बेचेजस्तो मात्रै गरिंदैछ, सिनमामा ।

तर सिनेमामा ग्ल्यामरस भन्ने चीज अनिवार्य हुन्छ रे ?
यौन मानव जीवनको यथार्थता भएपनि विकृत रुपमा बाहिर ल्याउने काम भयो । हरेक समाजमा यसका आफ्नै सीमा, मान्यता हुन्छन् । नेपाली समाज, संस्कृति त्यति खुल्ला भईनसकेको हुनाले यसलाई हामीले विकृत रुप भन्न सक्छौं ।

बंगुरपालन पनि गर्नथाल्नुभएछ । हँसाएर कमाएको हो कि कमाइ हुन छोडेर व्यापारी बन्न लाग्नुभएको ?
दुवै होइन । हँसाएर नाम कमाएँ दाम सन्तोषजनक छ । धेरै कमाएर यता हालेको होइन । अरुलाई पनि प्रेरणा होस् भनेर साथीहरुसँग मिलेर काम गरिएको हो । कृषकको छोरो भएकोले बाउबाजेको बिंडो पनि थाम्न खोजेको ।

दशैंको योजना के बनाउनुभएको छ ?
घटस्थापनाको दिन युके जाने कार्यक्रम छ । सुन्तली र म दुवै जान्छौं । दशैं तिहार उतै बित्छ ।
खल्लो हुन भएछ । सबै आफ्नो घर फिर्छन् तपाइँहरु घर छोड्दै हुनुहुन्छ ?
म पहिलोपटक यसरी चाडवाडमा विदेश जाँदैछु । राम्रै डिमान्ड भएकोले जान लागेको हो । त्यहाँ हामीलाई माया गर्ने थुप्रै हुनुहुन्छ । त्यसैले खल्लो भन्दा पनि नौलो अनुभव हुने आशा छ ।

Source: filmnepal

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सन्नी लियोन को अवतार फेरिएको धेरै भइसकेको छ । उनी बलिउडमा अत्यन्तै छोटो समयमा धेरै र उत्कृष्ट चलचित्र

काठमाडौं । भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म

काठमाडौं। नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के

आजको प्रमुख समाचार