भट्टराई सरकार बर्खास्त हुनैपर्छ: बामदेव गौतम

२३ आश्विन २०६९, मंगलवार २२:४४ मा प्रकाशित

चितवन, २३ असोज । एमाले उपाध्यक्ष बामदेव गौतमले देशलाई गम्भीर सङ्कटमा पुर्याउने वर्तमान सरकारले तत्कालै राजीनामा दिनुपर्ने बताउनुभएको छ । चितवनमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उपाध्यक्ष गौतमले अन्तरिम संविधानको अपहेलना गर्ने बाबुराम भट्टराई इतिहासकै नालायक प्रधानमन्त्री भएकोले वर्तमान सरकार बर्खास्त गर्न कडा आन्दोलन थालिने बताउनुभयो । राष्ट्रपतिले हस्तक्षेप गरेरै भए पनि वर्तमान सरकार बर्खास्त गरी सहमतीय सरकार निर्माणमा कदम चाल्नुपर्ने उहाँको जोड थियो ।
आन्दोलन, वार्ता र सहमति सँगसँगै बढाएकाले छिट्टै मुलुकले निकास पाउने भन्दै उहाँले सहमतीय सरकारको विकल्प नरहेको बताउनुभयो । “जातीय पहिचान संसारमै छैन, नेपालमा सम्भव हुनसक्छ ? असन्तुष्ट जनजातिले पार्टी परित्याग गरेको घटनालाई इङ्कित गर्दै उहाँले बहुजातीय पहिचान मान्न नसक्ने अनि पार्टीले पहिचान नै दिएन, जातीय सम्मान नै गरेन भन्नुको कुनै तुक नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण