इंग्लिस प्रिमियर लिगमा टोटनहमको साताैँ जित

१७ मंसिर २०७८, शुक्रबार ०८:३० मा प्रकाशित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

टोटनहमको जितमा ह्युङ मिन सनले १ गोल गर्दा अर्काे गोल भने उपहार पायो ।  भ्रमणकारी टोली ब्रेन्टफोर्डंका सर्जी कानोसले १२औँ मिनेटमा आफ्नौ पोष्टमा गोल गर्दा टोटनहमले १–० को अग्रता पायो । ६५औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी सनले अग्रता दोब्बर बनाउँदै सहज जित दिलाए ।

योसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले लण्डनमा लगातार जित पाएका छन् ।

जितसँगै टोटनहम १३ खेलबाट २२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड भने १४ खेलबाट १६ अंकसहित १२औँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ

काठमाडौं।रोभम्यान पोवेलको शतकप्रेरित वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा २२५

काठमाडौं । कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । सातौ चरणअन्तर्गतको छनोटमा समूह

काठमाडौं । इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४