राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल

१६ मंसिर २०७८, बिहीबार १७:५४ मा प्रकाशित

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको नाम टुंग्याएका हुन् ।

लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी महामन्त्रीमा डा. धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने गरी लिङ्देनले नाम टुंग्याएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिको विवाद नटुंगिएकाले शुक्रबार मनोनयन दर्ता हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार