एसीसी क्रिकेटमा नेपालको बिजय यात्रा जारी, नेपालद्वारा हङकङलाई १२५ रनले पराजित

२३ आश्विन २०६९, मंगलवार १९:३३ मा प्रकाशित

काठमाडौ, २३ असोज । नेपालले एसीसी क्रिकेट एलिट कपको चौथो खेलमा म‌ंगलबार हङकङलाई १ सय २५ रनले पराजित गरि आफ्नो बिजय यात्राको निरन्तरता जारी राखेको छ । दुबईस्थित ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालले टस जिती पहिले ब्याटिङ गरेको थियो । नेपालले हङकङ सामु २२६ रनको चुनौती पेस गरेको थियो । कप्तान पारस खड्काले ६१ रन बनाएका थिए । उनले ५४ बल खेलेका थिए । अनिल कुमार मन्डलले ३७, वसन्त रेग्मीले ३१ रनको योगदान दिए । नेपालले सेमिफाइनलका निम्ति छनौट हुन आजको खेल जित्नै पर्ने दबाबमा थियो । यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले