कांग्रेस अधिवेशन : निर्वाचन अधिकृत सम्पर्कविहीन, अधिवेशन अनिश्चित

१६ मंसिर २०७८, बिहीबार १७:१२ मा प्रकाशित

सर्लाही।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तेस्रो पटक सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत पनि सम्पर्कविहीन भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन कमिटीले सर्लाहीमा तेस्रो पटक जिल्ला निर्वाचन अधिकृतको रूपमा खटाएको भरत राउत बिहीवार बिहानैबाट सम्पर्कविहीन बनेका हुन् । कडा विवादका बीच वडा अधिवेशन गराएका निर्वाचन अधिकारी राउत बाँकी केही वडाको अधिवेशन सम्पन्न गर्ने र शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन गराउने तयारीमा थिए ।

तर, निर्वाचन अधिकृत राउत सम्पर्कविहीन भएसँगै शुक्रबारको लागि तय भएको प्रदेश र क्षेत्रीय अधिवेश समेत अनिश्चित बनेको छ । जिल्लास्थित सुरक्षा निकायको सम्पर्कमा समेत राउत नरहेका स्राेतको भनाइ छ । जिल्लामा सोमबार भएको वडा अधिवेशनअन्तर्गत मुख्य गरी निर्वाचन क्षेत्र नम्बर ४ मा चर्को विवाद देखिएको थियो ।

सोही क्रममा दुई पटक गोलीसमेत चलेको थियो । निर्वाचन क्षेत्र नम्बर ४ स्थित प्रतिनिधि सभा सांसद अम्रेश कुमार सिंह र प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह बीच कडा टकरावकोस्थिती सृजना भएको छ । विवाद उग्र बन्दै गएको, एकअर्काको अस्तित्व मेटाउने खेलमा नेता लागेपछि असुरक्षा महसुस गर्दै निर्वाचन अधिकृत राउत काठमाडाैँ फर्किएकाे हुन सक्ने केहीकाे अनुमान पनि छ । तर, हालसम्म यसकाे पुष्टि भने हुन सकेको छैन ।

कांग्रेसका संस्थापन पक्षमा मानिनै जिल्ला सभापति र इतर पक्षसँग समेत राउत सम्पर्कमा नरहेका नेताहरूको भनाइ छ । सर्लाही कांग्रेसको अधिवेशन गराउन खटिएका दुई निर्वाचन अधिकृत दुई पक्षको चर्को विवाद देखेपछि निर्वाचन गराउन नसक्ने भन्दै राजीनामा दिएर काठमाडाैँ फर्किएका थिए ।

निर्वाचन अधिकृत सम्पर्कविहीन बनेपछि फेरि एक पटक सर्लाहीका कांग्रेस नेता कार्यकर्तामा निराशा छाएको छ । अन्तिम समयमा आएर अधिवेशन प्रक्रिया अन्योलमा परेपछि सर्लाहीबाट कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधि सहभागी हुने सम्भावनासमेत अनिश्चित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार