कांग्रेस महाधिवेशन : एक जना प्रतिनिधिलाई भोट हाल्न कति समय लाग्छ

१६ मंसिर २०७८, बिहीबार २१:२१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार प्रसार संयोजक तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार मतदान गर्न एक प्रतिनिधिलाई एकघन्टा लाग्न सक्छ।

कांग्रेस महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा २५ गते हुँदैछ। महाधिवेशनमा ४ हजार भन्दा धेरै प्रतिनिधि सहभागी हुँदैछन्। बिहीवार झम्सिखेलमा पार्टी प्रवक्ता शर्माले दिएको जानकारी अनुसार इलेक्ट्रोनिक निर्वाचन हुने या नहुने तय भइसकेको छैन। ‘यसबारे छलफल जारी छ। अहिलेसम्म कागजी मतदान नै हुने कुरा छ,’ शर्माले भने।

मतदानका लागि भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभामा स्थान तय गरिने उनले जानकारी दिए। ‘उत्साह एकता र रुपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ लाई नारा बनाइएको छ।

आज लोगो सार्वजनिक भए पनि दुई दिनपछि मात्र होडिङबोर्ड, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रचारप्रार गरिने जनाइएको छ ।महाधिवेशनको नारा पनि तय गरिएको छ । शर्माका अनुसार ‘उत्साह, एकता, रूपान्तरण सफल बनाउन नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ नारा तय गरिएको छ । ‘२९ मतपत्र हुन्छ। एकजनालाई २० मिनेटदेखि एक घन्टासम्म समय लाग्न सक्छ मतदान गर्न,’ शर्माले भने।

नेपाली कांग्रेसमा ८ लाख ४० हजार १ सय ६ क्रियाशील सदस्य रहेका छन्। यीमध्ये प्रदेश १ मा १ लाख ७४ हजार ८ सय १३, प्रदेश २ मा १ लाख ९ सय ९९, वाग्मती प्रदेशमा १ लख ८६ हजार ३ सय ३५, गण्डकी प्रदेशमा १ लाख १८ हजार १ सय ४५, लुम्बनी प्रदेशमा १ लाख ३१ हजार १ सय १७, कर्णाली प्रदेशमा ५३ हजार ५ सय ९६ तथा सुदूर पश्चिम प्रदेशमा ७५ हजार १ सय १ क्रियाशील सदस्य रहेको शर्माले जानकारी दिए।

यस्तै नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजबाट प्रदेश अधिवेशन हुन लागेको हो ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरमा, वाग्मती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुँदैछ ।

प्रदेश अधिवेशनका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ । जसअन्तरगत प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, वाग्मतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश अधिवेशन आयोजक समिति संयोजकको जिम्मेवारी पाएका छन् ।

प्रदेश अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुने पार्टी विधानमा व्यवस्था छ ।

प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने कांग्रेसको विधानमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार