अब एमालेमा कसरी अघि बढ्छन् रावल, अहिले के गर्दैछन् उनि ?

१६ मंसिर २०७८, बिहीबार १९:५० मा प्रकाशित

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको नवौँ महाधिवेशनमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका थिए ।

तर, अहिले रावलको अवस्था त्यस्तो बनेन् । चितवनको सौराहामा पाँच दिनसम्म चलेको राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको विषय पेचिलो बन्यो । जसको कारण थिए, रावल र घनश्याम भुसालसहित पदाधिकारीमा उम्मेदवारी दिएका टकं कार्की ।

ओलीले मध्यरातपछि गएर सुनाएको सर्वसम्मतको सूचीलाई बहिस्कार गर्दै उम्मेदवारी घोषणा गरेका यी सबै निर्वाचित भएनन् । तर, महाधिवेशनको विधि, पद्धति र प्रक्रियालाई भने आत्मसाथ गरे । रावल उम्मेदवारी घोषणा गर्नेबित्तिकै सबैभन्दा बढी निर्वाचन आयोगसँग टचमा बसे । कारण थियो, उनको केन्द्रीय सदस्य पदको ।

आफूले अध्यक्षमा उम्मेदवारी दिएको भन्दै केन्द्रीय सदस्यमा नरहने रावलको घोषणा थियो । मतदान प्रक्रियापछि भएको शपथग्रहण समारोहमा देखिएका रावलले केन्द्रीय सदस्यमा भने शपथ लिएनन् । निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले मतगणनापछि परिणाम सुनाउँदै गर्दा पनि रावलले केन्द्रीय सदस्यमा आफू नरहने जानकारी गराएको बताएका थिए ।

नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका रावल पराजित भए । पराजित हुने थाहा हुँदाहुँदै पनि रावल आफ्नो निर्णयबाट ब्याक नहटेका हुन् । तर, निर्वाचन आयोगले परिणाम सुनाउँदै गर्दा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएको बतायो । उनीसँगै भुसालको पनि नाम केन्द्रीय सदस्यमा निर्वाचित भएको नै आयोगले सुनाए ।

पदाधिकारीमा उम्मेदवारी दिएका यी दुई उम्मेदवारमध्ये रावलले ओलीबाट शपथ लिएनन्, भुसालले लिए । रावललाई अब तपाईं एमालेमा कसरी अघि बढ्नुहुन्छ ? भन्ने प्रश्न सोध्दा रावल अझै आफू महाधिवेशनको गहिरो समीक्षामा व्यस्त रहेको बताउँछन् । ‘म अझै अध्ययनमा छु । दुई दिनपछि मात्र बाहिर बोल्छु भनेर अहिलेसम्म बोलेको छैन’ उनले भने ।

धेरै कुराहरू व्यवस्थित गर्नपर्ने भएकाले केही दिनमा नै आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताए । ‘मैले महाधिवेशनको विश्लेषण गर्दैछु । अझै केही विषयमा मुड बनाएर मात्र अघि बढ्छु’ रावलले भने । केन्द्रीय सदस्यमा आफू नबस्ने घोषणा गरेका रावलको अब पार्टीमा कुन भूमिका रहने भन्ने आम चासोको विषय छ ।

यस्तै नेकपा एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य (खुला) र थारु क्लस्टरको विजेताको नाम घोषणा गर्दा ‘प्राविधिक त्रुटि’ देखिएको छ। उक्त त्रुटिका कारण चार उम्मेदवारले जितेको वा पराजय व्यहोरेको अनिश्चित बनेको छ। खुला केन्द्रीय सदस्य टंकप्रसाद कार्की र भीम रावल तथा थारु क्लस्टरमा रहेका नरुलाल चौधरी र जयप्रकाश चौधरीले केन्द्रीय सदस्यमा हारेका वा जितेका स्पष्ट हुन सकेको छैन।

एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सुरुमा कार्कीलाई सदस्यमा विजयी भएको घोषणा गरेका थिए। तर, पछि सच्याउँदै उनी पराजित भएको बताए। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली निकाल्दा १०० जनाको नाम थियो। मत परिणाममा ९९ जनाको मात्र नाम छ। अन्तिम नामावलीमा भएका तर, मत परिणाममा नभएका उम्मेदवार हुन्, सुरेन्द्र मानन्धर। उनी आफूले उम्मेदवारी फिर्ता लिएको बताउँछन्।

केन्द्रीय सदस्य (खुला) मा ८४ जनाको कोटा छ। १९ पदाधिकारीमध्ये निर्विरोध नभएका १४ जना पनि केन्द्रीय सदस्यको प्रतिश्पर्धामा थिए। ९९ उम्मेदवार कायम हुँदा पदाधिकारीमा विजयी १४ जना स्वतः केन्द्रीय सदस्यको प्रतिश्पर्धाबाट बाहिरिन्छन्। त्यसपछि ८५ प्रतिश्पर्धी मात्र कायम रहने कारण एक जना उम्मेदवार मात्र पराजित हुनुपर्छ।

आयोग अध्यक्ष सुब्बाले पढेको उक्त सूचीअनुसार कार्कीले ९०५ मत पाएका छन्। जबकि, आयोगले केन्द्रीय सदस्यमा विजयी भनेको र अध्यक्षमा पराजित भीम रावलको ९०४ मत मात्रै छ। यसो हुँदा कार्की विजयी भएर रावल केन्द्रीय सदस्यमा पनि पराजित हुन्छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार