राप्रपा महामन्त्रीमा शाही र थापा आमनेसामने, कसले मार्ला बाजि

१६ मंसिर २०७८, बिहीबार १९:२१ मा प्रकाशित

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन हुन नसक्दा निर्वाचनका कार्यक्रम अगाडि बढेको भने छैन। आज बेलुकीसम्म मतदाता नामावली सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ, तर अझै ६ जिल्लाका महाधिवेशन प्रतिनिधिबीचका विवाद सुल्झाउन बाँकी छ।

भृकुटीमण्डपमा बिहीबार दिउँसो भने अध्यक्षका दुई उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देन पक्षले मत माग्दै प्रचारप्रसार गरिरहेका छन्। अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा थापा र लिङ्देन पक्षले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन्।

विभिन्न पदका आकांक्षीहरू खुल्न थालेका छन्। यसैक्रममा थापा पक्षबाट महामन्त्री पदमा नेता कुन्ती शाहीले उम्मेदवारी दिने भएकी छन्। उनले प्रचारप्रसार अघि बढाएकी छन् भने भोट माग्न थालेकी छन्। साथै लिङ्देन पक्षबाट महामन्त्री पदमा नायिकासमेत रहेकी नेता रेखा थापाले पनि उम्मेदवारी दिने भएकी छन्। राप्रपामा एक जना महिलासहित तीन महामन्त्री रहने व्यवस्था छ। महिला महामन्त्री पदमा कुन्ती र रेखा आमनेसामने हुने भएका छन्।

अध्यक्ष थापा पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, रोशन कार्कीलगायत चर्चामा छन्। राप्रपामा एक महिलासहित तीन जना उपाध्यक्ष रहने व्यवस्था छ। लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सीना उपाध्यक्षमा आकांक्षी छन्। महामन्त्री पदमा थापा पक्षबाट भाष्कर भद्रा, कुन्ती शाही र भुवन पाठकको चर्चा छ। साथै महामन्त्री पदमा लिङ्देन पक्षबाट गोविन्द खनिया, धवलशम्शेर राणा र रेखा थापा आकांक्षी छन्।

राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्।सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ। राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क निर्धारण गरीएको हो।

त्यस्तै केन्द्रीय उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार तोकिएको छ। केन्द्रीय महामन्त्री पदको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। राप्रपाको निर्वाचन १५,१६ र १७ मा काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

पटक-पटक विभाजनबाट गुज्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एक राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी राजनीतिक दल हो। यसलाई पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दद्वारा गठन गरिएको थियो। राष्ट्रिय पञ्चायत समाप्तपछि पूर्वप्रधानमन्त्रीद्वय थापा र चन्दले यसको नेतृत्व पटक–पटक गरिसकेका छन्।

राप्रपाका शीर्ष नेताहरुका अनुसार यो पार्टीलाई पञ्चायतकालको सत्तारुढ कुलीन वर्गले २०४७ साल जेठ १५ गते गठन गरेका थिए। २०४८ मा पार्टीमा आएको प्राविधिक मतभेद्का कारण यो विभाजित हुन पुगेको थियो। दुई पार्टी एकै नाम, विचारधारा र विधानको साथ अस्तित्वमा आएका थिए। सूर्यबहादुर थापाको नेतृत्व र अर्का नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वको पार्टीले आम निर्वाचन २०४८ मा सहभागी भएका थिए। तर, यो पार्टीको इतिहास हेर्दा अहिलेसम्म पाँच पटकभन्दा बढी विभाजन भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार