प्रदेश २ को आठ जिल्लामा अधिवेशन नभएपछि सभापति ताकेका निधिलाई धक्का

१६ मंसिर २०७८, बिहीबार १६:५७ मा प्रकाशित

काठमाडौं ।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ ।

बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । सातमध्ये प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन नै भएका छैनन् । प्रदेश २ मा क्षेत्रीय अधिवेशनसमेत हुन सकेको छैन । शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ ।

कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा जिल्ला अधिवेशन हुन सकेको छैन । १६ जिल्लामध्ये सात जिल्लाका केही प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन पनि भएको छैन ।

जसकारण ती निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधि १४औं महाधिवेशनमा भाग लिनबाट वञ्चित हुनेछन् । प्रदेश २ मा जिल्ला अधिवेशन नहुँदा सबैभन्दा बढी धक्का कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई लाग्ने भएको छ ।

निधिले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, आफ्नै गृह प्रदेशमा नगर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन गराउन नसकेकोमा निधि आफैं आलोचित भएका छन् ।

यदि प्रदेश २ मा नगर, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको भए निधिको पकडबारे सबैले थाहा पाउँथे । निधिलाई पनि महाधिवेशनमा आफूलाई आउने मतको विश्लेषण गर्दै चुनावी रणनीति बनाउन सजिलो हुन्थ्यो । तर, हालसम्म महाधिवेशन प्रतिनिधि नै छनोट हुन नसक्दा निधि निकै ठूलो तनावमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर। राष्ट्रिय सभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान

काठमाडौँ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी्र)का माधवकुमार नेपालले राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका छन् । बुधबार

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा