बेपत्ता परिवारको बालुवाटार घेराउमा प्रहरी हस्तक्षेप, आधा दर्जन घाईते

२३ आश्विन २०६९, मंगलवार १९:२४ मा प्रकाशित

काठमाडौ, २३ असोज । सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्घनको आरोप लागेका नेपाली सेनाका महासेनानी राजु बस्नेतको बढुवा फिर्ताको मागगर्दै बेपत्ता परिवार समाजले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । बालुवाटार घेराउको क्रममा प्रहरीसँगको झडपमा ६ जनाभन्दा बढि आफ्नोतर्फका मानिसहरु घाइते भएको बेपत्ता परिवार राष्ट्रिय सञ्जालका संयोजक रामकुमार भण्डारीले जानकारी दिनुभयो । झडममा केहीको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरुको राजधानीका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । वेपत्ता परिवारको घेराउमा नेकपा माओवादीको ऐक्यवद्धता रहेको थियो । केही समय पहिला राष्ट्रिय स्वाधिनता र जनजिविकाका मुद्दालाई समेटेर वर्र्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई ७० बुँदे माग पत्र बुझाएको थियो । घेराउ मार्फत ध्यानआकर्षण गराएको तर ध्यानाकर्षण गराउदा पनि माग संबोधन नभए थप आन्दोलनको घोषणा गर्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना