संविधानसभा पुनःस्थापनाको पक्षमा लबिंग गर्न एमाओवादी नेतृत्व बैठकमा

२३ आश्विन २०६९, मंगलवार ०८:५१ मा प्रकाशित

काठमाडौं,२३ असोज । संविधानसभा पुनःस्थापनाको पक्षमा काँग्रेस भित्रको शेर बहादुर देउबा र राम चन्द्र पौडेल सकारात्मक रहेको जानकारी पाएको भोलि पल्टै एमाओवादी आफ्नो रणनीति तय गर्न बैठकमा जुटेको छ । अबको राजनीतिक निकाश संविधानसभा पुनःस्थापना कि, चुनाब ? ठोस धारणा बनाउन एकीकृत नेकपा माओवादीको बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सहमतिको नयाँ सरकार वा यो सरकारको विस्तारलाई एजेण्डा बनाएर अघि बढ्ने भन्ने बारेमा पनि छलफल भइरहेको श्रोतले जनाएको छ । एमाओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाको अनुसार बैठकमा राजनीतिक निकास र पार्टीको आसन्न अधिबेशन बारे छलफल हुने जानकारी दिए । बैठकमा स्थायी समिति र पोलिटब्युरो तहका नेताहरुको मात्र सहभागिता रहेको छ । यस अघि निकासको सजिलो बाटो संविधानसभा पुनःस्थापना भएकाले त्यसमा सहमति जुटाउनु पर्ने एमाओवादीले निष्कर्स निकाली त्यसै अनुरुपको लबिंगमा प्रचण्ड क्रियाशील रहदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३