राप्रपाको अध्यक्षमा उम्मेदवारी दस्तुर एक लाख

१६ मंसिर २०७८, बिहीबार १५:१० मा प्रकाशित

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ।

बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वको चुनावी कार्यक्रम सार्वजनिक गर्दै केन्द्रीय निर्वाचन समितिले अध्यक्षमा उम्मेदवारी दिन एक लाख रुपैयाँ लाग्ने जनाएको हो।

उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्री पदका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ दस्तुर तोकिएको छ।

निर्वाचन कार्यक्रम अनुसार शुक्रबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि कमल थापा र राजेन्द्र लिङ्देन दुवैले दाबी नछाडेकाले चुनावी प्रक्रियाबाट नेतृत्व चयनको संभावना बढेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार