अस्पतालबाट प्रधानन्यायाधीश राणाको जवाफ- ‘भोलि डिस्चार्ज हुन्छु, त्यसपछि छलफल गरौंला’

१६ मंसिर २०७८, बिहीबार १५:०० मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्।

कोरोना संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेका प्रधानन्यायाधीश राणाले शुक्रबार आफू डिस्चार्ज हुने र छलफल गर्ने जवाफ दिएका हुन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशको आन्तरिक छलफलमा न्यायाधीश हरिकृष्ण कार्कीले जबरालाई टेलिफोन गरेका थिए । त्यसको जवाफमा राणाको भनाई उद्यृत गर्दै स्रोतले भन्यो- ‘भोलि अस्पतालबाट डिस्चार्ज हुनछु । त्यसपछि बसेर कुरा गरौं ।’

प्रधानन्यायाधीश राणाको यस्तो जवाफले कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुंगिएको बताइएको छ । ‘न्यायाधीशहरूबीच लामो छलफल भयो। तर कायममुकायम प्रधानन्यायाधीशबारे टुंगो लागेन । अब प्रधानन्यायाधीश राणाकै प्रतिक्षा गर्ने निर्णयमा पुगेका छौँ’ बैठकमा सहभागी सर्वोच्चका एक न्यायाधिशले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार