चौँथो विवाह बन्धनमा बाँधिदै हलिउडकी चर्चित अभिनेत्री जेनिफर लोपेज

१६ मंसिर २०७८, बिहीबार १४:५५ मा प्रकाशित

एजेन्सी । हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो विवाहको तयारीमा जुटेकी छन् । उनले चौँथो विवाह ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग गर्न लागेकी हुन् । पछिल्लो समय लोपेज र एफ्लेकको गहिरो प्रेम सम्बन्धरहेको चर्चा हुँदै आएको छ ।

उनीहरु सार्वजनिक स्थानमा पनि धेरै पटक भेटिँदै आएको उल्लेख गरिएको छ । ५२ वर्षीया लोपेज छिट्टै रिलिज हुन लागेको चलचित्र ‘म्यारी मी’को प्रमोसनमा व्यस्त रहेकी छन् । उक्त प्रमोनकै क्रममा उनले आफ्नो विवाहबारे जानकारी दिएकी हुन् ।

उनले आफ्नो चौँथो विवाहपछि शतप्रतिशत खुशी प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन् । जेनिफर लोपेजले अभिनेता बेन एफ्लेकसँगको सम्बन्ध अघि ३ पतिसँग पारपाचुके गरिसकेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दक्षिण भारतीय चलचित्र नेपाली दर्शकले खुब रुचाउने गरेका छन् । पर्दामा भन्दा पनि युट्यबमा हिन्दी डब गरिएका दक्षिण

काठमाडौँ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पन्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन

एजेन्सी । विराट कोहलीका लागि उनकी श्रीमती अनुष्का शर्माले इन्स्टाग्राममा भावुक पोस्ट लेखेकी छिन् । विराटले शनिबार टेस्ट टोली छाड्ने घोषणा

एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका