कांग्रेस महाधिवेशन : सप्तरी-१ मा १४ पदकाे मत परिणाम सार्वजनिक

१६ मंसिर २०७८, बिहीबार १४:२९ मा प्रकाशित

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा रहेका उम्मेदवार विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधि महिला चार र खुला १० गरी १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदवारी दिएका थिए । कूल सात सय १४ मतदातामध्ये ६ सय ९८ मत खसेको छ । अहिलेसम्म गणना भएकाे ६ सय मतकाे परिणामअनुसार चार महिला पदमा बद्रीप्रसाद महत्मान टिमबाट तीन जना विजय भएका छन् भने एक जना गुप्ताको टिमबाट विजय भएका छन् । उक्त टिमबाट निरु पोखरेलले सर्वाधिक तीन सय ६३ मत, मीना चौधरीले तीन सय ४७ मत, रेणु गुप्ताले तीन सय २९ मत ल्याएर विजय भएका हुन् । गुप्ताको टिमबाट मुनीकुमारी गुप्ता तीन सय ४३ मत ल्याएर विजयी भइन् ।

महाधिवेशन प्रतिनिधिको १० खुला पदमध्ये महत्मान टिमबाट पाँच जना विजयी भएका छन् । जसमध्ये सुबोध पोखरेल तीन सय ५९, हेमनारायण चौधरी तीन सय ५९, रामदेव साह तीन सय ५०, उमेश बस्नेत तीन सय ४५, खगेन्द्र कर्ण तीन सय २६ मत ल्याएर विजयी भएका छन् ।

यसैगरी, गुप्ता प्यानलबाट पाँच जना विजयी भएका छन् । गुप्ता प्यानलका तेजनारायण यादव तीन सय ७७, रामकुमार चौधरी तीन सय ५४ र शत्रुघन यादव तीन सय ३७ मत र घनान्द यादबकाे तीन सय २७ मत आएकाे छ ।

समानुपातिक समावेशी महाधिवेशन प्रतिनिधितर्फ मधेशी महिला एक जना, मधेशी दुई जना, दलित महिला एक जना, दलित दुई जना, थारु एक जना, मुस्लिम एक जना, अपाङ्ग अल्पसंख्यक एक जना, आदिवासी जनजाति एक जनासहित ११ जनाको परिणाम आउन बाँकी छ ।

२५ सदस्यीय क्षेत्रीय कार्यसमितिका लागि महत्मान र गुप्ताको दुई प्यानलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । २५ सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दुई प्यानलका ५० जनाले उम्मेवारी दर्ता गराएका थिए । क्षेत्रीय सभापतिको लागि बद्रीप्रसाद महत्मान र ललनप्रसाद गुप्ताले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

महत्मानको टिमकाे सचिवमा हृदय नारायण चौधरी र ओमप्रकाश साह तथा सह-सचिवमा नन्देश्वर मण्डल र जोगेन्द्र यादव छन् । यसैगरी, ललनप्रसाद गुप्ताको टिमबाट पदाधिकारीमा सचिवतर्फ दुर्गाप्रसाद भट्टराई र नारायणप्रसाद यादव (महरान), तथा सहसचिवमा महानन्द झा र जुगनारायण खिडहरीले उम्मेदवारी दर्ता गराएका थिए ।

कांग्रेस सप्तरीका सभापति दिनेश यादवको प्यानलबाट क्षेत्रीय सभापतिको लागि ललनप्रसाद गुप्ताको उम्मेदवारी दर्ता गराएका छन् भने कोइराला, पौडेल टिमबाट बद्री प्रसाद महत्मानले उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार