हुम्लाको लिमीमा २१५ क्विन्टल खाद्यान्न पुर्‍याइयो

१६ मंसिर २०७८, बिहीबार १४:१४ मा प्रकाशित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २ खाद्यान्न पुर्‍याइएको हो ।

लिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएपछि वडा अध्यक्ष पाल्जोर तामाङ खाद्यान्न पठाउनुपर्ने माग गर्दै काठमाडौंमा पुगेका थिए । जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत् लिमीमा खाद्यान्न ढुवानी गरिएको हो ।

लिमी क्षेत्रमा पठाएको २५० क्विन्टल खाद्यान्नले करिब चार महिना खान पुग्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘योे खाद्यान्नले त्यहाँ तीनदेखि चार महिना पुग्छ’, उनले भने, ‘अभाव भए थप पठाउनेछौं ।’

लिमी क्षेत्रमा हिमपातका कारणले आवातजावत गर्न समस्या हुने गरेको छ । नाम्खाका लागि यस वर्ष एक हजार क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको थियो । तर, हालसम्म ढुवानी भएको थिएन । खाद्यान्न ढुवानी समयमा नहुदाँ भोकमरीको समस्या निम्तिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार