राष्ट्रपति बहसअघि कोभिड भएको थियो ट्रम्पलाई

१६ मंसिर २०७८, बिहीबार १३:५७ मा प्रकाशित

गत वर्ष राष्ट्रपतिको निर्वाचनअघि आयोजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड भएको खुलासा भएको छ । आफ्ना प्रतिद्धन्द्धी जोन बाइडेनसँगको बहसमा ट्रम्पलाई कोभिड भएको उनका तत्कालिन चीफ अफ स्टाफ मार्क मिडोजले लेखेको पुस्तकमा उल्लेख छ ।

मिडोजको संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएको थियो । केही दिनपछि परीक्षण गर्दा उनको नेगेटिभ रिपोर्ट देखिएको थियो । २६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयोजित एउटा चुनावी ह्ययालीमा जाने क्रममा ट्रम्पलाई कोभिड देखिएको थियो ।

निको भएपछि २ अक्टोबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई कोभिड भएको ट्विटमार्फत जानकारी दिएका थिए । आफूले सजिलै कोभिड जितेको उनले दाबी गरेका थिए ।

तर, नेगेटिभ रिपोर्टका बाबजुद उनलाई निकै असजिलो महशुस भएको थियो । कोभिड भएपछि उनलाई भोलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएको थियो । दोस्रो परीक्षण गरिएको तीन दिनपछि बाइडेनसँगको बहस भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको छलफल

रूस । रूसी दूतावासले युक्रेनमा आक्रमणको लागि मस्कोको कथित तयारीको बारेमा ह्वाइट हाउसको हालैको टिप्पणीलाई सूचना दबाबको रूपमा वर्णन गरेको

न्यूजर्सी । संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ । फक्स

वासिङ्टन। बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका