प्रचण्डले लाजिम्पाटको पुरानो घर बेचेका हुन् ? यस्तो आयो स्पष्टीकरण

१६ मंसिर २०७८, बिहीबार १३:३८ मा प्रकाशित

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण दिएको छ ।

प्रचण्डको सचिवालयका स्वकीय सचिव रमेश मल्लले समाचार भ्रामक रहेको जनाएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मल्लले भनेका छन्, ‘घटना र विचार नामको मिडियाले अध्यक्ष कमरेड प्रचण्डको लाजिम्पाटस्थित पुरानो निवास (भाडाको घर/डेरा) बारे गरेको गैरजिम्मेवार, कपोकल्पित र भ्रामक कुप्रचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्ता तथ्यहीन समाचारको खेती गर्नु समाचारको नाममा अपराधकर्म हो । सम्बन्धित पक्षलाई गलत समाचार खण्डन गरी पत्रकारिताको नैतिकता प्रदर्शन गर्न ध्यानाकर्षण गर्दछौं । – सचिवालय ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार