निर्मल निवास राजेन्द्रतिर लागेपछि कमल थापालाई बज्रपात

आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनले यसरी चुनौती देलान् भन्नेमा थापालाई अलिकति पनि विश्वास थिएन । तर अन्तिम समयमा आएर लिङ्देनले थापाको साथ छाडे । र, अर्का महामन्त्री धवलशमशेर राणासँग मिलेर अर्को प्यानल बनाए ।
१६ मंसिर २०७८, बिहीबार १३:३६ मा प्रकाशित

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित गर्ने र नयाँ कार्यसमितिका लागि उम्मेदवारी मनोनयपत्र दर्ता हुने बताइएको छ ।

वृद्धहरूको पार्टी राप्रपामा पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले अध्यक्षबाट वाकओभर गरिसकेका छन् । राणा र लोहनी अध्यक्षमा नउठ्ने भएपछि अध्यक्ष कमल थापाले फेरि पनि आफैं नेतृत्वमा आउने कुरामा उनी ढुक्क थिए ।

आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनले यसरी चुनौती देलान् भन्नेमा थापालाई अलिकति पनि विश्वास थिएन । तर अन्तिम समयमा आएर लिङ्देनले थापाको साथ छाडे । र, अर्का महामन्त्री धवलशमशेर राणासँग मिलेर अर्को प्यानल बनाए ।

धवलको बलियो साथ पाएका लिङ्देन अहिले निकै खुसी छन् । अध्यक्ष लोहनीले साथ दिएको र संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले समेत युवा पुस्तालाई नेतृत्व सुम्पिन महाधिवेशनको उद्घाटन सत्रमै सुझाव दिएपछि कमल थापा हैरान बनेका छन् ।

एमाले अध्यक्ष केपी ओलीसँग मिलेर पार्टी संगठन भड्खालोमा हालेकोमा राप्रपाका अधिकांश नेता कार्यकर्ता कमल थापासँग रुष्ट छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसमेत थापाको यो प्रवृत्तिप्रति असन्तुष्ट छन् । त्यही भएर यसपटक निर्मल निवासको सिग्नल लिङ्देनतिर सोझिएपछि थापा रिङआउट हुने अड्कलबाजी सुरु भएको छ ।

पार्टीका नेता कार्यकर्तालाई दुःख परेका बेला थापाले कहिल्यै साथ र सहयोग नगरेको बताइन्छ । कतिसम्म भने राष्ट्रिय सभाको उपनिर्वाचनका बेला खर्च गर्नुपर्छ भनेर थापा अमेरिका गएर मस्तले बसेका थिए ।

त्यसले पनि थापाप्रति धेरै नेता कार्यकर्ता रुष्ट बनेको राप्रपाका एक नेताले बताए । पूर्वराजाले पनि लिङ्देनलाई समर्थन गरेको बुझेपछि थापाको नौ नारी गलेको छ ।

त्यसमा पनि उद्घाटन सत्रका बेला एमाले अध्यक्ष केपी ओलीसमेत शुभकामना दिन आएनन् । लिङ्देनको सहयोग नपाई आगामी निर्वाचनमा जित्न असम्भव जस्तै भएकाले पनि ओली राप्रपाको महाधिवेशनमा शुभकामना दिन नआएको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा

काठमाडौं । नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।

महोत्तरी।कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । चालु आर्थिक वर्ष २०७८ मा सम्पन्न