साइप्रसमा रेनु शेर्पाको निधन, आफन्तलाई सम्पर्कमा आई दिन एनआरएनको अनुरोध

२३ आश्विन २०६९, मंगलवार ०८:३१ मा प्रकाशित

साइप्रस, २३ असोज । गैर कानुनी रुपमा साइप्रसमा कार्यरत नेपाली मुलकी रेनु शेर्पाको भाग्ने क्रममा छात बाट खसेर निधन भएको छ । मिर्त्यु भएकी शेर्पा काठमाडौको बौद्ध जोरपाटीनिवासी भएको एनआरएन साइप्रसका अध्यक्ष चन्द्र किशोर शाहले जानकारी दिएका छन् । साइप्रसको लारनाका भन्ने शहरमा लामो समयदेखी काम गर्दै आएको र पछिल्लो केही महिनादेखी गैरकानुनी रुपमा बस्दै आएकी रेनु शेर्पाले अक्टुबर ६ को राती नेपाली दाजुभाई र दिदिबहिनीहरुसँग पार्टीमा खानपिन गर्ने क्रममा साइप्रस इमिग्रेसनले छापा मार्दा भाग्ने क्रममा एक्कासी पाचौँ तल्लाको झ्यालबाट हामफालेर भाग्ने क्रममा जमिनमा खस्दा सख्त घाइते भएकी थिइन। पछि उनलाई साइप्रस प्रहरीले अस्पताल लगि उपचारका लागि भर्ना गरे पनि उपचारकै क्रममा अक्टुबर ७ को दिन बिहान ८ बजे निधन भएको थियो ।
उक्त घटनामा एनआरएन साईप्रसले दुःख व्यक्त गर्दै उनको परिवारको अहिलेसम्म कुनै पनि ठेगाना नभएकाले र आफ्नो संस्थाले गर्नुपर्ने सहयोगको लागि समस्या परेको हुनाले आफन्तजनलाई एनआरएन साईप्रस समाजसँग सम्पर्क गरिदिन हुन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

जनकपुरधाम।नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि सबै जिल्लाबाट अधिवेशन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

आजको प्रमुख समाचार