अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

१६ मंसिर २०७८, बिहीबार १२:२७ मा प्रकाशित

लस एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका हुन् ।

उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सिटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो सङ्क्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ ।

अघिल्लो हप्ता दक्षिण अफ्रिकामा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । देशको सबैभन्दा ठुलो सहरसमेत रहेको इस्तानबुलमा

लण्डन । बेलायतमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइने भएको छ । अर्को महिना फेब्रुअरी ११ देखि

नयाँ दिल्ली।आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको

एजेन्सी । फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको अमेरिकाको तट रक्षक