कांग्रेसको महासमिति बैठक स्थगित

२३ आश्विन २०६९, मंगलवार ०८:११ मा प्रकाशित

काठमाडाँ, २३ असोज । बुधबारदेखि जनकपुरमा सुरु हुने भनिएको कांग्रेस महासमितिको बैठक अचानक स्थगित गरेको छ । महासमितिको बैठक सुरु हुनु दुई दिनअघि कांग्रेसले विज्ञप्ति जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएको हो । नेपाली कांग्रेसका मुख्य सचिव बसन्त गौतमद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘असोज २४ देखि २७ गतेसम्म धनुषाको जनकपुरमा गर्ने निर्णय भएको महासमिति बैठक विशेष कारणवश स्थगित गरिएको छ ।’ कांग्रेसले महासमितिको बैठक असोजको २४ गते देखि २७ गते सम्म जनकपुरमा गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेस महासमितिको बैठक बुधबारदेखि जनकपुरमा सुरु हुनु पर्ने थियो । कांग्रेसको विधान अनुसार महासमितिको बैठक हरेक वर्ष बस्नुपर्ने व्यवस्था छ। तर १२औं महाधिवेशन भएको दुई वर्ष बित्दा समेत कांग्रेसले अहिलेसम्म एक पटक पनि महासमितिको बैठक राख्न सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर