वैशाखमा निर्वाचन हुन्छ– उपप्रधानमन्त्री गच्छदार

२३ आश्विन २०६९, मंगलवार ०८:०३ मा प्रकाशित

काठमाडाँ, २२ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी चैत वा वैशाख महिनामा नयाँ संविधानसभाको निर्वाचनका लागि सरकारले प्रस्ताव गरेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “ती दुई महिनामध्ये कुन महिनामा निर्वाचन गर्ने भन्ने विषयमा राजनीतिक सहमति जुटाउन अहिले शीर्ष तहमा सम्वाद भइरहेको छ, सो सम्वादले यही असोज महिनाभित्र नयाँ परिणाम ल्याउनेछ ।”तराई मधेसमा थारु महिलाले मनाउने जितीया पर्वका अवसरमा थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित जितीया पर्व २०६९ कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधानमन्त्री गच्छदारले आगामी निर्वाचन संविधानसभाकै हुने बताउनुभयो । उहाँले निर्वाचनको प्रक्रिया, पद्धति तथा निर्वाचन सम्पन्न गर्न गठन गरिने राष्ट्रिय सहमतिको सरकार बारे दलहरूबीच शीर्ष तहमा कुराकानी भइरहेको जानकारी दिँदै अब निर्वाचनको विकल्प छैन भन्नुभयो । मुलुकमा जातीय पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको नयाँ संविधान आवश्यक रहेको र नयाँ संविधान संविधानसभाबाटै जारी गरिनुपर्छ, उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो । उहाँले थारु समुदायलाई विशेष अधिकार एवम् अग्राधिकार दिने चर्चा भइरहेको सन्दर्भमा अखण्ड सुदूपश्चिम हुनै नसक्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका