बुद्धसँग जोडिएका ३० स्थल अतिक्रमित

२२ आश्विन २०६९, सोमबार ०४:१३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २२ असोज । कपिलवस्तुमा बुद्धसँग सम्बन्धित रहेका ३० भन्दा बढी पुरातात्विक स्थलहरू अतिक्रमणको चपेटामा परेका छन् । लुम्बिनी विकास कोष, कपिलवस्तु संग्रहालय, स्थानीय निकाय तथा सरोकारवालाको बेवास्ताका कारण ती पुरातात्वि स्थलहरू अतिक्रमित हँुदै गइरहेका छन् । अतिक्रमणका कारण कतिपय पुरातित्वक स्थलहरूको अस्तित्वसमेत लोप हुने अवस्थामा पुगको छ ।
प्राचीन शासक विस्द्धकले ७७ हजार शाक्यलाई एकै साथ बध गरेको निग्लिहवा गाविसस्थित पुरातात्विक महत्वको सगरहवा, दोहनीकोट, धनकौली स्तुप, गोटीहवाको अशोक स्तम्भ स्थल, डेरवा, सिसहनियाकोट, चेत्रादेई पिपरी कोट, कुदानलगायतका अन्य थुप्रै स्थलहरू अतिक्रमणमा परेका हुन् । ऐतिहासिक स्थलका जग्गाहरूमा जबरजस्ती घर निर्माण गरिएको छ भने कतिपय स्थानमा व्यक्तिले जग्गा कब्जा गरी खेतीसमेत थालेका छन् । उक्त महत्वपूर्ण स्थलहरू अतिक्रमित भइरहे पनि त्यसलाई रोक्न कसैले पहल गरेको पाइँदैन । लुम्बिनी विकास कोषका अनुसार जिल्लामा ६० भन्दा बढी बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरू छन् । त्यसमध्ये अधिकांश स्थलहरूमा अनधिकृतरूपमा कब्जा जमाइएको छ । अधिकांश स्थलहरूको नापीसमेत भएको छैन जसका कारण अतिक्रमणकारीलाई जग्गा कब्जा गर्न थप प्रोत्साहित गरेको स्थानीयवासीको भनाइ छ ।
सगराहवा तालको जग्गामा सुकुम्बासीहरूले घरटहर बनाई अतिक्रमण गरिरहेका छन् । त्यस्तै उनीहरूले पुरातात्विक र ऐतिहासिक जग्गा पनि कब्जा गरी खेतीपाती गर्न थालेका छन् । अहिले त्यहाँ करिब ५० वटा घरटहरा निर्माण भएका छन् भने ५ हेक्टर जग्गा पनि खेतीपातीका लागि प्रयोग गरिएको छ । शाक्य बध स्थलका रूपमा इतिहासमा उल्लेख गरिएको सगरहवा तालमा १७ वटा स्तुप रहेका छन् । यहाँ ७७ हजार शाक्यको बध गरिएको कुरा इतिहासमा उल्लेख भएपछि प्रशस्त बौद्ध धर्मावलम्बीहरू तीर्थाटनका लागि आउने गर्दछन् । यस्तो महत्वपूर्ण स्थलको जग्गा अतिक्रमण हँुदा पनि सरोकारवालाहरूको ध्यान जान सकेको छैन ।
पुरातात्विक स्थल सगरहवामा रहेको लम्बुसागर तालमा जबरजस्ती माछा पाल्ने र मार्ने काम भइरहेको तथा अनधिकृतरूपमा खनजोत गरी संरचना बिगार्ने काम भएकाले पुरातात्विक अवशेषहरू लोप हँुदै जाने खतरा बढेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
यहाँ भारतीय पुरातत्वविद् पीसी मुखर्जीले सन् १८९९ मा उत्खनन् गर्दा ठुलाठुला १२ कोठाका भग्नावशेष र १७ वटा स्तुप फेला पारेका थिए । यी सबै स्तुपमा अस्थी, कलश र त्यसमा सुन, चाँदी तथा तामाका टुक्राका साथै कलशमा अक्षता पनि फेला परेको थियो । यसकारण यो ठाउँ महत्वपूर्ण पुरातात्विक स्थलका रूपमा परिचित छ । यस्तै क्रकुच्छन्द बुद्ध जन्मिएको स्थल निग्लिहवामा रहेको अशोक स्तम्भ वरपर पनि अतिक्रमण बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विराटनगर।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । कांग्रेस पार्टी कार्यालय मोरङमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

आजको प्रमुख समाचार