प्रधानमन्त्री बन्ने प्रपञ्च रच्दै ‘प्रचण्ड’

२२ आश्विन २०६९, सोमबार ०४:१० मा प्रकाशित

काठमाडौ, २२ असोज । राष्ट्रपति समक्ष यही महिनाको अन्त्यसम्मा राष्ट्रिय सहमति कायम गरी सरकार निर्माण गर्ने समय माग गरी फर्किएका दलहरू पछिल्लो केही दिनदेखि सामूहिक र दलगत बैठकहरू गर्दै आइरहेका छन् । दलहरू राष्ट्रपतिसाग मागेको समयसीमा भित्र सर्वस्वीकार्य सहमति गर्नुभन्दा पनि कसरी आफ्नो नेतृत्वमा सरकार निर्माण गर्न सकिन्छ भन्ने दिशातिर उद्यत छन् । राष्ट्रिय सहमतिका नाममा आफू र आफ्नो दलको नेतृत्वमा सरकार निमार्ण गर्ने दलहरूको कुत्सित मनसायका कारण नै सहमतिको मूलबाधक रहेको राजनीतिक विश्लेषकहरूको ठहर छ । विपक्षी नेपाली कााग्रेस र एमालेले बाबुराम भट्टराईलाई राजीनामा गराएर काँग्रेसको नेतृत्वमा सरकार गर्ने प्रयत्न गरिरहेको समयमा एमाओवादीका अध्यक्ष प्रचण्ड आपै प्रधानमन्त्री बन्ने दौडमा लागेकोले सहमति हुन नसकेको स्रोतले बताएको छ । प्रधानमन्त्रीबाट डा. बाबुराम भट्टराईलाई हटाए पनि सरकार एमाओवादीको हातबाट गुम्न नहुने भन्दै प्रचण्ड यतिबेला प्रधानमन्त्री हत्याउन कम्मर कसेर लागेको स्रोतको दाबी छ । प्रधानमन्त्री बन्न प्रचण्ड अहिले भारतसहितका शक्ति केन्द्र राष्ट्र अर्थात एमाओवादी कै भाषामा भन्नु पर्दा विदेशी प्रभुहरू कहा दौडधूप गरिरहेको स्रोतले बताएको छ । विगतमा प्रधानमन्त्री हुादा शान्ति र संविधान बन्नका लागि सिन्को समेत भाच्न नसकेका प्रचण्डले आफू प्रधानमन्त्री हुादा दश वर्ष जनयुद्ध लडेका आफ्नो कार्यकाललाई समेत केही राहत दिन नसकी अप्रत्याशित रूपमा सरकारबाट बाहिरिादा थोरै भए पनि प्रचण्डप्रति कार्यकर्ताको सहानुभूति थियो । प्रचण्डले सरकारमा पुगेर हाम्रा हितका निम्ति लडे तर देशी, विदेशी शक्तिकेन्द्रका सामु उनको केही लागेन र उनले ती शक्तिकेन्द्रलाई चुनौती दिन प्रधानमन्त्री पद नै त्यागी दिए तर त्यो भूत अहिले नाङ्गसिकेको छ । प्रचण्डले भारतीय इशारामा राजीनामा दिएको भन्ने विभिन्न भारतीय कूटनीतिक र नेताहरूले त्यसको पुष्टि गरिदिइसकेका छन् । त्यसैले प्रचण्ड ‘दिनमा तेल नखाने राति कोल चाट्ने’ उखानलाई चरितार्थ गर्ने व्यक्ति हुन् भन्ने नेपाली जनतासमक्ष प्रमाणित भइसकेको छ । आफू सरकारमा हुादा पनि प्रचण्ड दिनभर सडकमा देशी, विदेशी प्रतिक्रियावादी भनेर गाली गरेका शक्तिसाग रात परेपछि गुपचुप ढङ्गले भेट गर्न पुग्नुले नै त्यस कुरा आमजनतासमक्ष प्रमाणित भइसकेको छ । सधै पद, प्रतिष्ठा र पैसाको भोका प्रचण्ड यतिबेला कसरी हुन्छ, प्रधानमन्त्री आफूले पाउनुपर्छ भन्दै राराष्ट्रपतिसंग समेत अनुनय-विनय गर्न पुगेको स्रोतको दाबी छ । प्रचण्ड अहिले आफै प्रधानमन्त्री हुन्छु भन्ने आफैलाई नैतिकबल नभएपछि अहिले आफ्नो निकट मानिएका नेताबाट आफ्नो पक्षमा लविङमा उत्रिएको स्रोतले बताएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपति पनि काग्रेसका प्रधानमन्त्री पनि काँग्रेसको दृढ नसक्ने अभिव्यक्ति सार्वजनिक गर्न प्रचण्डले नै उक्साएको स्रोतको दाबी छ । आफू प्रधानमन्त्ती बन्नकै लागि प्रचण्डले अहिले अनेक बखेडा निकालन थालेका छन् उनी कहिले संविधानसभाको विघटनपछि पाच बुादे सहमतिको आधार सकिएकोले नया आधारमा समति हुनुपर्छ भन्दै घुमाउरो ढङ्गले आफैालाई प्रधानमन्त्री बनाउनुपर्ने माग अघि सार्छन् भने कहिले शान्तिप्रक्रियामा असामान्य अवस्था आइपरेकोले आˆनो नेतृत्व अपरिहार्य भएको बताउने गरेको स्रोतक दाबी छ । सधैा सुकिला-मुकिला र तामझाममा रमाउने प्रचण्ड यतिबेला नया प्रधानमन्त्रीको खोजी भइरहेको बेलामा त्युसको प्रत्यासीका लागि दौडधूपमा
लाग्नु नौलो विषय नभएको राजनीतिक विश्लेषकहरूको ठहर छ । फलामलाई फलामले नै काट्छ भन्ने नेपाली उखान चरितार्थ गर्दै दस वर्षे जनयुद्धका सम्पूर्ण
उपलब्धिलाई स्वाहा पार्दै एमाओवादीलाई संसदीय भाषमा डुबाउन पनि प्रचण्डलाई पुनः एक पटक प्रधानमन्त्री बनाउन शक्तिकेन्द्रहरूसमेत सकारात्मक देखिनुले नै प्रचण्ड प्रधानमन्त्री बन्ने प्रपञ्चमा लागेको स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

आजको प्रमुख समाचार