प्रचण्डले फेरि फ्यांके राजनीतिक जाल !

२१ आश्विन २०६९, आईतवार ०७:१६ मा प्रकाशित

काठमाडौं, २१ असोज । प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार छाडे पनि आफ्नो पार्टीले नै नेतृत्व पाउनु पर्ने र त्यसको नेतृत्व प्रचण्डले गर्ने भनी एमाओवादीकै कतिपय नेताहरुले दाबी गरिरहेको बेला अबको सरकारको प्रधानमन्त्री हुन आफूले कुनै लालसा र सोचाई नराखेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । नयां संविधान नबनेसम्म आफू प्रधानमन्त्री नबन्ने प्रचण्डले बताए ।
शनिबार एमाओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वाईसीएलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान घोषणा गर्ने अवस्थामा कांग्रेसलाई नेतृत्व दिन सकिने बताए । कांग्रेस, एमालेबाट प्रचण्ड प्रधानमन्त्री हुने हल्ला चलाएर भ्रम सृजना गर्न खोजिएको दाबी गर्दै प्रचण्डले निर्वाचन नभएसम्म प्रधानमन्त्री बन्ने आफ्नो योजान नभएको उल्लेख गरेको एक माओवादी नेताले जानकारी दिए ।
एमाओवादीले चुनावी सरकारको नेतृत्व कांग्रेसलाई नदिने बताइरहेकै बेला प्रचण्ड प्रधानमन्त्री हुने कसरतमा लागेको चर्चा चलेको थियो । तर, संविधान निर्माण अगाडि अब आफू प्रधानमन्त्री नबन्ने बरु कांग्रेसलाई दिन सकिने बताएर प्रचण्डले कुन राजनीतिक पासो थाप्न लागेका हुन्, जिज्ञासाको विश्लेषकहरुका लागि जिज्ञासाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार