राष्ट्रपतिलाई अधिकार दिएर पनि प्रधानमन्त्री हटाउनै पर्छ : लोहनी

२० आश्विन २०६९, शनिबार २१:५९ मा प्रकाशित

काठमाडौं, २० असोज । असोज मसान्तभित्रै सहमतिका लागि विपक्षी दलहरुले सत्ताधारीहरुलाई अल्टिमेटम दिएको अवस्थामा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले कार्तिक–१५ भित्रमा सरकारले सत्ता नछाडे हटाउनका लागि राष्ट्रपतिलाई अधिकार प्रदान गर्नुपर्ने नयां तर्क गरेका छन् । सहमतिमा बाधकको बन्ने, बजेट पनि ल्याउन नसक्ने सरकारलाई हटाउन राष्ट्रपतिलाई अधिकार दिनु पर्छ भन्दै काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा लोहनीले दलहरुले सहमति गरेर नयाँ सरकार निर्माण गर्न असफल भएपछि राष्ट्रपतिमा स्वतः अधिकार हस्तान्तरण हुने दाबी गरे ।
‘अब राष्ट्रपतिले आफ्नो स्वविवेकीय अधिकार प्रयोग गरेर पनि सहमतिको बाधक बन्ने प्रधानमन्त्रीलाई तत्काल हटाउनु पर्छ’, नेता लोहनीले बताए ।
सोही कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रघुबीर महासेठले सहमतिको नाममा बर्तमान सरकारले सत्ताको आयु लम्ब्याउने काम मात्रै गरेको टिप्पणी गर्दै ‘सत्ता छोड्नासाथ एमाओवादी नैं फुट्छ भन्ने डरले पुष्पकमल दाहालले सहमतिको नारा मात्र लगाएको बताए भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ