‘आदिवासी जनजातीका मुद्दामा कांग्रेस गम्भीर’

२० आश्विन २०६९, शनिबार २१:५० मा प्रकाशित

काठमाडौं, २० असोज । अन्ततः आदिवासी जनजाति नेताहरूले उठाएका मागलाई सम्बोधन गरेर अगाडि बढ्ने सहमतिमा नेपाली कांग्रेस पुगेको छ। पार्टी सभापति सुशील कोइरालाको निवास, महाराजगन्जमा शनिबार बसेको पदाधिकारी तथा नेताहरूको बैठकले पार्टीभित्रका जनजाति तथा आदिवासीहरूले उठाएका मुद्दा र मागलाई जायज भन्दै लोकतान्त्रिक पद्धतिबाट समाधान गर्ने सहमति गरेको राससले जनाएको छ।
विगतमा जनजाति र आदिवासीले उठाएका समावेशीता, सङ्घीयता र समानुपातिक प्रतिनिधित्वलगायतका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले पार्टीका केन्द्रीय सदस्य भीमबहादुर तामाङको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलपछि कांग्रेसले ती मागलाई सम्बोधन गर्ने सहमति जनाएको हो। समितिका संयोजक तामाङले आदिवासी जनजाति नेताहरूका मागप्रति पार्टी सधैं सकारात्मक रहेको र आदिवासी जनजातिका मुद्दामा पार्टी गम्भीर रहेको निष्कर्षमा पार्टी नेतृत्व पुग्दै आफूहरूका माग सम्बोधन गर्न तयार भएको जानकारी दिए।
जातीय राज्य, सङ्घीयता, अधिकारलगायतका माग उठाएर केही जनजाति नेताहरूले पार्टी परित्याग गर्नेसम्मको क्रियाकलाप गरिसकेको अवस्थामा आदिवासी जनजाति नेताहरूको मागका विषयमा तयार पारिएको प्रतिवेदन पार्टीसमक्ष बुझाइएको उनले बताए।
बैठकमा पदाधिकारी तथा नेताहरूले प्रतिवेदन सकारात्मक रहेको जनाउँदै समितिले प्रस्तुत गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्दा फरक नपर्ने भएकाले सहमतिमा पुगिएको बताइउको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार