प्रचण्डलाई राष्ट्रपतिको सपना नदेख्न चेतावनी

२० आश्विन २०६९, शनिबार २१:४३ मा प्रकाशित

काठमाडौं, २० असोज । एमाले नेता बामदेब गौतमले सरकारलाई खुट्टाले लतारेर मिल्काउने उदघोष गरेको भोलीपल्टै अर्का एमाले नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेको आन्दोलनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई कठालो समातेर सडकमा पुर्‍याउने चेतावनी दिएका छन् । एमालेले सुरु गरेको आन्दोलनलाई कमजोर नसम्झन उनले सरकारलाई चेतावनी दिए।
स्मार्ट एफएमको उद्‍घाटन गर्न शनिबार दमौली पुगेका पाण्डेले अझै अटेर गरिरहे बाबुराम भट्टराईलाई आन्दोलनले कठालो समातेर फाल्ने दाबी गर्दै भने, ुआगोको झिल्कोले सिङ्लो जंगल डढाउन सक्छ, त्यसैले झिल्कोलाई कमजोर ठान्न हुँदैन, तिथि र मिति एकिन गर्न अहिल्यै नसके पनि यही आन्दोलनले बाबुरामको कठालो समातेर सडकमा पुर्‍याउँछ।ु
एमालेले सुरु गरेको आन्दोलनका विषयमा सरकारले समयमै सोच्नु जरुरी रहेको उनले दोहोरयाए भने एमाओवादीमा राष्ट्रपति हुने अल्पदृष्टिका कारण सहमति हुन नसकेको उल्लेख गरे । नेता पाण्डेले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति हुने दिवा सपना नदेख्न आग्रह गरे।
बिहीबारमात्र पार्टी परित्याग गरेका कार्यकर्ताको पार्टीमा समेत ठूलो योगदान रहेको भन्दै पाण्डेले उनीहरु पुनः एमालेमा फर्किन सक्ने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी