भट्टराई नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुनुपर्छ : सुजाता

२० आश्विन २०६९, शनिबार १४:२८ मा प्रकाशित

काठमाडौं, २० असोज । अब बन्ने सहमतिको सरकारको नेतृत्व पनि एमाओवादीले नै गर्ने दाबी एमाओवादी नेताहरुले गरिरहेको बेला नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले यथासीघ्र वर्तमान सरकारमा सहभागी हुनुपर्ने धारणा प्रस्तुत गरेकी छिन् । शनिबार सुनसरी इनरुवामा आयोजित एक कार्यक्रमा उनले सो धारणा सार्वजनिक गरेकी हुन् ।
प्राप्त समाचारअनुसार राजनैतिक संकटको गाँठो फुकाउन तत्काल कांग्रेस सरकारमा सहभागी हुनुपर्नेमा सुजाताले जोड दिइन् । उनले भनिन्, ‘कांग्रेस अनिर्णयको बन्दी बन्नु भएन, त्यसैले राष्ट्रलाई बन्दी बनाउनुभन्दा वर्तमान सरकारमै सहभागी हुनु कांग्रेसका लागि उपयुक्त हुनसक्छ ।सरकारमा पनि नजाने अनि संकट समाधानका लागि पनि केही नगर्ने यो त भएन नि ।’
त्याग देखाउंदै सरकारमा सहभागी हुनुपर्ने जिकीर गर्दै उनले अगाडि भनिन्, ‘मुलुकलाई निकास दिन धेरै ढिलो भइसकेकोछ, राष्ट्र नै नरहे कुनै पनि पार्टी नरहने वास्तविकतालाई आत्मसात गर्दे त्यागको भावना देखाएर कांग्रेसले वर्तमान सरकारमा सहभागी हुनुपर्छ ।’ कांग्रेस र एमालेले प्रधानमन्त्रीको उम्मेदवार दिन नसकेकै कारण मुलुक जटिल परिस्थतिमा फसेको कोइरालाको आरोप पनि उनले लगाइन् ।
केही दिनअघिसम्म रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइनुपर्ने भन्दै वकालत गर्ने सुजाताले यसरी अचानक बोली फेरेपछि कांग्रेसजन नै आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१