सुजाताको ‘कुरा सिधा छ’मा पल र केकी

१५ मंसिर २०७८, बुधबार ०८:३१ मा प्रकाशित

काठमाडौं । गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा सुजाता र अलिफ खानको स्वर छ ।

अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सुजाताले मंगलबार सार्वजनिक गरेकी हुन् । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा लुम्बिनीमा यस गीतको भिडियो छायाँकन गरिएको हो ।

गायिका सुजाताले यसअघि ‘बाजा बजाउँदै’, ‘ओई कान्छी’ जस्ता गीतहरु सार्वजनिक गरिसकेकी छन् । यी गीतको भिडियोले युट्युबमा राम्रो भ्युज पाएका छन् । ‘कुरा सिधा छ’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको गायिका केसी बताउँछिन् ।

‘भिडियो सार्वजनिक भएसँगै सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु,’ प्रारम्भिक प्रतिक्रियाबाट उत्साहित उनले भनिन्, ‘आशा छ, गीतलाई स्रोता एवं दर्शकले रुचाउनुहुनेछ ।’ यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन

काठमाडौं।बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य

आजको प्रमुख समाचार