६७ जिल्लामा कांग्रेस प्रतिनिधि चयन, संस्थापन इतर सबै पक्ष एक भएमात्रै देउवालाई चुनौती

१५ मंसिर २०७८, बुधबार ०९:२८ मा प्रकाशित

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि विकल्प दिने भन्ने प्रतिष्पर्धा चुलिएका बेला दुबै पक्षलाई ढुक्क हुने अवस्था देखिएको छैन ।

हालसम्मका प्रतिनिधिको अवस्था हेर्दा संस्थापन र इतरपक्षबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । त्यसका लागि संस्थापनबाहेक सवै पक्ष एक भएर चुनावमा मैदानमा होमिनुपर्ने जानकारहरू बताउँछन् । दुबै समूहका लागि प्रदेश २ का ८ र पहाडका २ जिल्लाका प्रतिनिधि निर्णायक हुने देखिएको छ । प्रदेश २ का ३२ निर्वाचन क्षेत्रबाट साढे आठ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

आठवटै जिल्लामा निर्वाचन भइरहेको छ । प्रदेश नम्बर २ बाहेक दुई निर्वाचन क्षेत्र रहेको धनकुटा र एक निर्वाचन क्षेत्र रहेको रसुवामा पनि महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ । नतिजा आएका ६ प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा संस्थापन पक्ष बलियो देखिएको छ भने प्रदेश १, वाग्मती र गण्डकीमा संस्थापनइतर पक्ष बलियो देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार