तालिवानले १०० पूर्वसुरक्षाकर्मीकाे हत्या गरे: ह्युमन राइट वाच

१५ मंसिर २०७८, बुधबार ०९:१८ मा प्रकाशित

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ । तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएकाे वाचले जनाएकाे हाे ।

वाचले पूर्वसेनामाथि गरिएका याेजनाबद्ध हत्याकाे विराेध गरेकाे छ । पूर्वसुरक्षाकर्मीमाथि कुनै कारबाही नभएकाे हालै तालिवान प्रवक्ताले जनाएका थिए ।

तालिवानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीकाे सरकार पदच्युत गरेकाे थियाे । तालिवानकाे पुन: उदयपछि अफगानिस्थानमा विगत २० वर्षदेखि रहेकाे अमेरिकी सेनाले काबुल छाेडेकाे थियाे ।

पूर्वसरकारका सुरक्षाकर्मीलाई अ‌ाममाफी दिइने बताए पनि उनीहरुमाथिकाे शृंखलाबद्ध हमला राेकिएकाे छैन् । तालिवानले ठूलाे संख्यामा प्रहरी र सर्वसाधरणकाे हत्या गरेकाे थियाे ।

सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिवानले ठूलाे नरसंहार मच्चाएकाे थियाे । उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताकाे हत्या गरेकाे थियाे ।

वाचले मंगलबार सार्वजनिक गरेकाे एक प्रतिवेदनअनुसार तालिवानले सत्ता सम्हालेपछि निरन्तर विराेधीलाई निशाना बनाएकाे उल्लेख छ । वाचका अनुसार तालिवानले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा १०० जना भन्दा बढीकाे हत्या गरेकाे छ । तालिवानले कारबाहीकाे सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकाेले उनीहरुकाे पनि हत्या भएकाे हुनसक्ने जनाईएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार