ते-क्वान्दोमा नेपाली खेलाडीहरुद्वारा स्वर्ण पदक हासिल

७ चैत्र २०६८, मंगलवार १९:१८ मा प्रकाशित

बिजय थापा, भर्जिनिया: गत शनिबार  भर्जिनियामा एक दिवसीय २०१२ राष्ट्रिय क्यापिटल ते-क्वान्दो प्रतियोगिता भब्य समारोहका बीच सम्पन्न गरियो । उक्त कार्यक्रम ते-क्वान्दो गुरु एच के ली (grandmaster H.K.।EE)को आतिथ्यमा सम्पन्न गरिएको थियो ।  उक्त प्रतियोगितामा सबै वजनका महिला – पुरुष र बालबालिकाहरुको उल्लेखनीय सहभागिता रहेको  खेलमा बाल खेलाडीकृषा कार्की र अन्य खेलाडीहरुमा अनमोल गोर्खाली, ज्योशिता गोर्खालीको सहभागीता रहेको थियो भने उक्त खेलमा मिचिगनबाट ख्यातिप्राप्त निर्णायक लब प्रसाद गोर्खाली सहभागी हुनु हुन्थ्यो । अनमोल गोर्खाली र ज्योशिता गोर्खालीहरु ज्योति एवरेस्ट ते-क्वान्दो मिचिगनबाट प्रतिनिधित्व गर्नु भएको थियो । कृषा कार्कीले दूई विधामा दूई वटा स्वर्ण पदक, अनमोल गोर्खालीले एउटा काश्य र एउटा रजत पदक, अर्का खेलाडी ज्योशिता गोर्खालीले दूई वटा काश्य पदक ल्याई सम्पूर्ण नेपाली समुदायको नाम बिश्वमा ज्योति फैलाउन सफल भएका छन् ।

मिचिगन, न्युयोर्क, नर्थ क्यारोलिना, साउथ क्यारोलिनाबाट ५०० जना भन्दा ज्यादा खेलाडीहरुको सहभागीता तथा खेल प्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । यो कार्यक्रमका नेपालीहरुको ते-क्वान्दो प्रतियोगितामा नाक उच्च राख्नु हुने अन्तरास्ट्रिय निर्णायक तथा यो कार्यक्रमका मुख्य प्रशिक्षक कुमार कार्की रहनु भएको थियो र सबै कार्यक्रममा वहाको सक्रिय निगरानीमा बिशाल कार्यक्रमको आयोजना गरि विश्वमा जहाँ गए पनि नेपालीहरुले आफ्नो पृथक पहिचान गराउने गरेको उदाहरण कुमार कार्की तथा श्रीमती कल्पना कार्कीद्वारा यो कार्यक्रमको भब्य आयोजनाले सबै नेपालीहरुको हौसला बढाएको छ ।

यो कार्यक्रमको लागि न्यु योर्कबाट नेपाली निर्णायक दुर्गा गुरुङ, भर्जिनियाबाट कल्पना कार्की, अर्का नेपाली निर्णायक कृष्ण बलालको पनि अतुलनीय योगदान रहेको थियो ।उक्त कार्यक्रममा नेपाली विभिन्न् संघ तथा संस्थाका प्रतिनिधिहरुतर्फबाट ए एन एस का पुर्व अधक्ष्य,खेम भट्टचन तथा अन्य संस्थाका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु