मोफसलमा मापसे

२० आश्विन २०६९, शनिबार १२:४३ मा प्रकाशित

धादिङ, २० असोज । सदरमुकाम धादिङबेसीमा पहिलोपटक प्रहरीले सवारी चालकले मादक पदार्थ सेवन गरे(नगरेको जाँच सुरु गरेको छ। मादक पदार्थ सेवन गरी सवारी हाँक्नेहरुबाट सवारी दुर्घटना बढ्न थालेपछि ब्रेथलाइजर मेसिनको सहायताले शुक्रबारदेखि मापसे जाँच सुरु गरिएको जिल्ला प्रहरी नायव उपरीक्षक विकासराज खनालले बताए।
प्रहरीले शुक्रबार मात्रै मापसे जाँच गरी धादिङको विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ। प्रहरीले धादिङबेसीस्थित पुछारबजारबाट ६ जना र पृथ्वीराजमार्गको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये १७ जना गाडी तथा मोटरसाइकल चालक रहेका छन्। पक्राउ परेकाहरुलाई ट्राफिक नियम अनुसार जरिवाना लगाइने धादिङका प्रहरी निरीक्षक जीवन बुढाथोकीले जानकारी दिएको राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय