असोजपछि कांग्रेस पनि सडक आन्दोलनमा : कांग्रेस महामन्त्री

२० आश्विन २०६९, शनिबार १२:३७ मा प्रकाशित

काठमाडौं, २० असोज । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रचण्डले भाषणमा बताउने गरेअनुरुप गैरराजनीतिक या स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियनले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले अबको सरकार कांग्रेसकै नेतृत्वमा हुने दाबी गर्दै बाबुराम भट्टराई नेतृत्वको सरकारले राजिनामा नगरे र दलहरुबीच सहमति नभए असोजपछि नेपाली कांग्रेस पनि सडक आन्दोलनमा उत्रिने जनाए ।
उनले वर्तमान भट्टरार्ए सरकारकै कारण मुलुक राजनितिक द्वन्द्वमा फसेकाले देश जोगाउन राजनीतिक दलहरुले गम्भीर निर्णय गर्नुपर्ने बेला आएको चेतावनी दिए। ‘दलहरुबीच सहमति नभएसम्म राष्ट्रपतिले कुनैपनि कदम चाल्न नमिल्ने भन्दै उनले कांग्रेस नेतृत्वकै सरकारले मुलुकलाई निकास दिने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१