जनप्रदर्शनको बेवास्ता गर्दै प्रधानमन्त्रीद्वारा चुनावको तयारी गर्न निर्देशन

२० आश्विन २०६९, शनिबार ०८:३४ मा प्रकाशित

काठमाडौं, २० असोज । राजनीतिक सहमतिका लागि राजिनामा दिएर बाटो खुला गर्न विपक्षी दलहरु सडक आन्दोलनमा उत्रिएकोप्रति वेपरबाह देखिएका प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव हुने अभिव्यक्ति दिएर विपक्षी नेताहरुलाई थप चिढ्याएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीसंग भेट गर्न पुगेको टोलीसंग प्रधानमन्त्रीले बैशाखमा चुनाव हुने ठोकुवा गर्दै तयारीका लागि निर्देशन दिएपछि विपक्षी राजनीतिक दलहरु आक्रोशित भएका हुन् ।
निर्वाचन आयोगको टोलीसंग प्रधानमन्त्रीले दलहरुसंग सहमति भइसकेको भन्दै आगामी वैशाखमा चुनाव हुने बताए पनि कस्तो र कुन चुनाव भन्नेचाहिं भट्टराईले नखुलाएको स्रोतले जनायो । आयोगका तर्फबाट चाहिं अब हुने निर्वाचनमा विद्युतीय मतदान यन्त्र (ईभीएम)को प्रयोग र चुनावी तयारीसम्बन्धी विषयलाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
आयोगले आउँदो चुनावका निम्ति कन्ट्रोल युनिट र ब्यालेट युनिट गरी १ लाख ४८ हजार ईभीएम मेसिन आवश्यक पर्ने भनेको छ । उक्त मेसिम खरिदका निम्ति १ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने बजेट प्रस्तुत गरेको छ । त्यसनिम्ति सरकारले तत्काल कदम चाल्नुपर्ने टोलीले बताएको थियो । सरकारले यसअघि मंसिरमा चुनाव हुने घोषणा गरेको थियो तर आयोगले कम्तीमा तीन महिनाअगावै संवैधानिक अड्चन फुकाउन नसकेको भन्दै चुनाव हुन नसक्ने बताएको थियो ।
आयोगको टोलीमा प्रमुख आयुक्त उप्रेती, निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, सचिव ज्ञानदर्शन उदासलगायत थिए । त्यसैगरी सरकारको तर्फबाट प्रधानमन्त्रीसहित उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव लीलामणि पौडेल, अर्थ सचिव कृष्णहरि बाँस्कोटा उपस्थित रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत