पूर्वराज्यमन्त्रीको गाडी जलाइयो

२० आश्विन २०६९, शनिबार ०८:२२ मा प्रकाशित

काठमाडौं, २० असोज । धनकुटाको लिम्बु चुवाबोटस्थित सडकछेउमा गाडी पार्क गरेर स्थानीय हिमचुली होटलमा खाना खान छिरेका पूर्व अर्थराज्यमन्त्री हरिराज खेवा लिम्बूको सरकारी जीप अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ । मन्त्रीको जिम्मेवारीबाट मुक्त भइसकेपछि पनि खेवाले अर्थ मन्त्रालय सचिवालयको सवारी साधन प्रयोग गर्दैआएका थिए ।
शुक्रबार सडक छेउमा बा १ झ ८८२१ नं. को सरकारी जीप राखि उनी होटलमा बसिरहेका बखत करिब दश जनाको युवा समुहले तोडफोड तथा मट्टितेल छर्किएर आगजनी गरेका थिए । घटनामा संलग्नता कसको भन्नेबारेमा अहिलेसम्म प्रहरीले सुराक पाउन नसककेो बताइएको छ ।
खेवा आफैंले ड्राइभिङ गरी दुई साता अघिदेखि जिल्लामा पार्टिको काममा उक्त सवारी साधन प्रयोग गर्दै आएका थिए । पूर्व पदाधिकारीले सरकारी साधन दुरुपयोग गर्न नपाइने भने पछि तत्काल नियन्त्रणमा लिन प्रहरी महानिरीक्षकले निर्देशन दिए पनि लिम्बुले प्रयोग गरिएको सवारी साधन प्रहरी स्वयमले स्कर्टिङ् गर्दै आएको बताइन्छ।
गाडीमा आगलागी भए लगत्तै घटनाबारे प्रतिक्रिया लिन खोज्दा पूर्व राज्य मन्त्री लिम्बुले केहि बोल्न चाहेनन् । एमाओवादीका तर्फबाट सभासद् भएका लिम्बू बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री भएका थिए । राष्ट्रिय सहमतिको लागि एमालेले प्रदर्शन गरे लगत्तै घटना भएको थियो । चुवाबोटबाट एमाले जुलुश करिब एक सय मीटर दुरीमा पुगेपछि घटना भएको प्रत्यक्षदर्शीको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार