शाहरुख खानकी छोरीको दिल किन टुट्यो ?

१४ मंसिर २०७८, मंगलवार १४:३९ मा प्रकाशित

एजेन्सी । बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान ड्र ग घटनालाई लिएर लगातार चर्चामा छन् तर यसले उनकी छोरी सुहाना खानको इन्टरनेट सेन्सेसन भने घटाएको छैन । उनी पहिलेजस्तै आफ्ना फ्यानहरूको मनपर्ने लिस्टमा छिन् । सामाजिक सञ्जालमा निकै फ्यान फलोइङ रहेको सुहाना आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टका कारण फेरी चर्चामा छिन् ।

वास्तवमा सुहाना लामो समयदेखि भारतमा बस्दिनन् । उनी न्युयोर्कमा बस्दै अध्ययनरत छिन् । तर उनको पछिल्लो पोस्ट हेरेर फ्यानहरुले अब सुहानाले न्युयोर्कलाई बिदाइ गर्ने अनुमान गरेका छन् । उनी छिट्टै न्यूयोर्क छोड्न सक्छिन्।

सुहानाले आफ्नो पोस्टमा ब्यानर झुण्डिएको ट्रकको तस्बिर राखेकी छिन् । यो ब्यानरमा अङ्ग्रेजीमा लेखिएको छ, चिन्ता नलिनुहोस्, न्युयोर्क छाडे पनि सधैँ न्युयोर्कर रहनुहुनेछ ।

सुहानाले यो तस्विरको क्याप्सनमा स्पष्ट केही लेखेकी छैनन् तर टुटेको मुटुको इमोजी राखेकी छिन् । यसबाट सुहाना भारी मनका साथ न्युयोर्कलाई बिदा गर्ने तयारीमा छिन् भन्ने अनुमान मानिसहरूले गरिरहेका छन् ।

सन् २०१९ देखि सुहाना आफ्नो अध्ययन पूरा गर्न न्यूयोर्कमा छिन् । उनी त्यहाँ बिताएका हरेक पललाई सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् । यसबाट फ्यानहरु पनि खुसी छन् तर अब उनी छिट्टै भारत फर्कने तयारीमा छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन

काठमाडौं।बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य

आजको प्रमुख समाचार