सप्तरीमा महिला यौनकर्मीको विगविगी

२० आश्विन २०६९, शनिबार ०८:०८ मा प्रकाशित

राजविराज, २० असोज । यौन कार्यलाई नै पेसा बनाउने महिला यौनकर्मीको सङ्ख्या सप्तरीमा बढ्दै गएको छ । कमजोर आर्थिक अवस्थाका कारण परिवारको अवश्यकता पूरा गर्न महिलाहरूले यौन कार्यलाई पेसाका रूपमा अपनाएको पाइएको छ ।
हालै गरिएको एक अध्ययनअनुसार सप्तरीमा १ सय ९९ जना महिला यौनकर्मी सक्रिय यौन पेसामा लागेका छन् । राजविराज, रूपनी, भारदह, फत्तेपुर, कञ्चनपुरलगायतका ठाउँमा अत्यधिक संख्यामा महिला यौनकर्मी रहेको अध्ययनले देखाएको छ । सबैभन्दा बढी राजविराजमा ६२ जना महिला यौनकर्मी छन् भने अन्य ठाउँमा पनि अत्यधिक सङ्ख्यामा महिलाले यौन कार्यलाई पेसाका रूपमा अँगालेका छन् ।
यौन कार्यलाई पेसाका रूपमा अँगाल्ने महिलामध्ये सबैभन्दा बढी २० देखि ३५ वर्ष उमेर समूहका छन् । यौन पेसामा सबैभन्दा बढी विवाहित महिला नै संलग्न रहेको एचआइभी एड्स रोकथाम तथा हेरचाह कार्यक्रम सञ्चालन गरेको इन्द्रेणी सेवा समाजको फिल्ड कार्यालय राजविराजले गरेको अध्ययनले देखाएको छ ।
आर्थिक अभावका कारण सबैभन्दा बढी महिलाले यौनकार्यलाई पेसाका रूपमा अँगालेका छन् । परिवारमा सदस्य सङ्ख्या बढी भएको तर कमाउने एक जनामात्रै रहेको हुनाले घर खर्च चलाउन धौधौ पर्ने गरेकाले यौन कार्यलाई नै पेसाका रूपमा अँगालेको एक यौनकर्मी महिलाले बताइन् ।
श्रीमान्को एक्लो कमाइले परिवार चलाउन मुस्किल हुने देखेर आफूले यो पेसा अपनाएको ती महिलाको कथन छ । उनले आफ्नो पेसाका बारेमा पतिलाई समेत भनेकी छैनन् । कतिपयले आफ्नो यौन इच्छा पूरा गर्न पहिलोपटक सम्पर्कमा आएपछि पैसा पनि पाएकाले बिना मिहिनेत नै बढी आम्दानी हुने देखेर यौन कार्यलाई पेसाकै रूपमा अपनाएको पाइएको छ ।
राजविराजबाहेक सप्तरी भएर जाने पूर्व–पश्चिम लोकमार्गको प्रमुख बजारमा महिला यौनकर्मीको सङ्ख्या बढ्दै गएको छ । इन्द्रेणी सेवा समाज सप्तरीका संयोजक शिवकुमार नायकले बताए ।
स्कुल कलेजमा पढ्दै गरेका युवतीसमेत यौन धन्धामा लागेको पाइएको छ । यौन पेसामा लागेकामध्ये साथीहरूको सङ्गतका कारणले कतिपय युवती यौन कार्यलाई पेसाकै रूपमा अपनाएको सो अध्ययनले देखाएको छ ।
सन् २०११ को अक्टुबर १५ सम्मको तथ्याङ्कअनुसार नेपालमा १९ हजार ११८ एचआइभी सङ्क्रमित व्यक्ति रहेको छ । सङ्क्रमितमध्ये महिला ६ हजार ८१६ छन् भने १२ हजार ३०२ पुरुष रहेको राष्ट्रिय यौनरोग तथा एड्स नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार