१९ वर्षकी किशोरी करिना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएर रचिन् इतिहास

१४ मंसिर २०७८, मंगलवार १४:१५ मा प्रकाशित

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका लागि आइतबार भएको चुनावमा सबैको ध्यानकेन्द्रित गरेको नाम हो ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ज्यामिरेकी करिना सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको रूपमा विजयी भएकी हुन् ।

नेपाली कांग्रेसको सभापति चयनमा सानै उमेरमा भाग लिने अवसर पाएकी करिनाको सपना अबको कांग्रेस नेतृत्व युवाको जोश र अग्रजको अनुभवलाई समेट्न सक्ने होस् भन्ने छ । उनी भन्छिन्, ‘त्यस्तो नेतृत्वले मात्र मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्छ ।’

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अन्तर्गत भएको निर्वाचनमा उनी महिला खुलातर्फबाट ४०९ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । यसअघि सोलुखुम्बुबाट २१ वर्षकी पूजा फुयाँल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर। राष्ट्रिय सभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान

काठमाडौँ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी्र)का माधवकुमार नेपालले राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका छन् । बुधबार

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा

आजको प्रमुख समाचार