सरकार छाड्न सांकेतिक दबाव भएको एमाले नेताको चेतावनी

२० आश्विन २०६९, शनिबार ०८:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल, बुटवल, २० असोज । नेकपा एमाले रुपन्देहीको जनवर्गिय मोर्चाले शुक्रबार बुटबलमा जनप्रर्दशन गरेको छ । राष्ट्रिय सहमतिका लागि दवाव, सरकारको बहिर्गमन र एनेकपा माओवादीको सर्वसत्तावादी सोचको विरुद्धमा देशब्यापी प्रदर्शनको कार्यक्रमअन्तरगत नै जनवर्गिय संगठनहरुले बुटवलमा प्रदर्शन गरेका हुन् ।
बुटवलको नयां बस पार्कबाट निस्केको जुलुशले बजार परिक्रमा गर्दै मिडियाचोकमा पुगी बिरोधसभामा परिणत भएको थियो । बिरोधसभालाई संम्बोधन गदै नेकपा एमालेका पोलिटब्युरो सदस्य छबिलाल बिश्वकर्माले एमाओवादी र मधेशी मोर्चासंग भएको अपवित्र गठबन्धनको आधारमा बनेको सरकार जनविरोधी भएको आरोप लगाए । उनले सरकारलाई सत्ता छाड्न यो पहिलो सांकेतिक दवाव मात्र भएको जनाउदै सरकारले तत्काल सत्ता नछाडे अन्दोलनको आंधिबेरी ल्याईने चेतावनी समेत दिए ।
बिरोधसभामा नेकपा एमाले केन्द्रीय सदस्य आदित्य नारायण कशौधन, एमाले लुम्बिनी अञ्चल सचिव खिमलाल भट्टराई, रुपन्देही अध्यक्ष लिला गिरी, शिव सुबेदी बिमला पन्थी, हरि कार्की, बाबुराम पन्थी लगायतले बोल्दै वर्तमान सरकारले राजिनामा गरि राष्ट्रिय सहमतिको बाटो खुल्ला गर्नु पर्ने बताउंदै सरकार सर्वसत्तावादका साथ अगाडि बढे आन्दोलनबाट नै सरकार हटाउने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले