अदालतले सुकीको मुद्दामा फैसला सुनाउन स्थगित

१४ मंसिर २०७८, मंगलवार १३:३९ मा प्रकाशित

नेपिडाउ, म्यानमार । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ ।

दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दैै गत फेब्रुअरीमा सैन्य कू भएको थियो । यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो ।

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए । दश हजार भन्दा बढी पक्राउ परेका छन् । अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो – यस मुद्धा साबित भएका सुकीलाई तीन वर्षको जेल सजाय हुनेछ । यस मुद्धाको फैसलालाई डिसेम्बर छ सम्म स्थगित गरिएको सम्बन्धित स्रोतले जानकारी दिएको छ ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिलहरूलाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ । मंगलबार बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी संवाददाताले जानकारी दिएका छन् । अदालतको कोठा अदालतको फैसलाका लागि पत्रकारहरूका लागि सीमित रहनेछ, जुन्ता सरकारका प्रवक्ता जाव मिन टुनले एएफपीलाई बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । देशको सबैभन्दा ठुलो सहरसमेत रहेको इस्तानबुलमा

लण्डन । बेलायतमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइने भएको छ । अर्को महिना फेब्रुअरी ११ देखि

नयाँ दिल्ली।आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको

एजेन्सी । फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको अमेरिकाको तट रक्षक