ओलीले किन मागे घनश्याम भुसाल र भीम आचार्यलाई सदस्यमा मत ?

१४ मंसिर २०७८, मंगलवार ११:३० मा प्रकाशित

चितवन।आफूले बन्दसत्रमा सार्वजजिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने केपी ओलीले मत मागेका छन् ।

पदाधिकारीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारको नाम केन्द्रीय सदस्यमा पनि छ । ओलीले आफूसहित आफूले सार्वजनिक गरेका पदाधिकारी सूचीमा भएकालाई केन्द्रीय सदस्यमा मत नदिन भनेका छन् ।

मतदानस्थलमा बाँडिएको पर्चामा नेता भीम रावललाई अध्यक्ष र सदस्य दुवैमा मत नहाल्न उल्लेख छ । तर, आफ्नो सूचीभन्दा बाहिरबाट उपाध्यक्ष र सदस्य पदमा उम्मेदवार कायम भएका भुसाललाई भने सदस्यमा चैँ मतदान गर्न भनिएको छ ।

त्यसैगरी सचिव र सदस्य पदमा उम्मेदवारी कायम भएका टंकप्रसाद कार्कीलाई पनि दुवै पदमा मत नदिन ओलीका तर्फबाट सार्वजनिक गरिएको पर्चामा उल्लेख छ । तर, उपाध्यक्षका उम्मेदवार भुसाल र सचिवका उम्मेदवार भीम आचार्यलाई भने सदस्यमा मत दिन आह्वान गरिएको छ ।

ओलीले सार्वजनिक गरेअनुसार पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई खुला सदस्यमा भने मत नदिन भनिएको छ ।

मतदान स्थलमा ओलीका तर्फबाट बाँडिएको पर्चामा केन्द्रीय सदस्यको सूचीको क्रम संख्या ३० नम्बरमा रहेका भुसाल र ६१ नम्बरमा रहेका आचार्यलाई मत दिन भनिएको छ भने ३७ नम्बरमा रहेका कार्की र ६३ नम्बरमा रहेका रावललाई भने मत नदिने उल्लेख गरिएको छ ।

यसले कार्की र रावललाई केन्द्रीय कमिटीमा नअटाउन चाहेको र भुसाल र आचार्यलाई भने केन्द्रीय कमिटीमा ओलीले देख्न चाहेको अर्थमा एमालेका नेताहरूले बुझेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा

काठमाडौं । नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।

महोत्तरी।कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । चालु आर्थिक वर्ष २०७८ मा सम्पन्न