सरकारी विद्यालयमा पनि टाइ र पेटी

२० आश्विन २०६९, शनिबार ०७:५६ मा प्रकाशित

गाईघाट (उदयपुर), २० असोज । सरमुकाम गाईघाटस्थित बोक्से–१ बालमन्दिर माविमा अध्ययनरत विद्यार्थीलाई निजी तथा आवासीय विद्यालयमा जस्तै टाइ र कम्मरपेटी लगाउन अनिवार्य गरिएको छ ।
सरकारी विद्यालयका विद्यार्थी निजी विद्यालयतिर पलायन हुन थालेपछि बोक्से बालमन्दिर माविले भने निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि विद्यालयमा विद्यार्थीका लागि टाइ र कम्मर पेटी अनिवार्य गर्दै अंग्रेजी माध्यमबाट पढाइसमेत सुरु गरिएको हो ।
बालमन्दिर माविका प्रअ यादव कार्कीका अनुसार स्कुलमा निजी विद्यालयको भन्दा राम्रो भौतिक पूर्वाधार छ, निजी विद्यालयको भन्दा पनि सक्षम तालिमप्राप्त शिक्षक तथा शिक्षिका पनि छन्, निजी विद्यालयभन्दा पनि अझ परिस्कृतरुपमा विद्यालय सञ्चालन गर्न अहिले टाइ र बेल्ट अनिवार्य गरिएको हो । निजी विद्यालयसरह नै आफूहरूले अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्न थालेको र पोसाकसमेत अनिवार्य गरेर पढाइमा कडाइका साथ सुधार गरिएकाले पनि आफूहरू निजी विद्यालयभन्दा सक्षमताका साथ अगाडि बढिरहेको प्रअ कार्कीले बताउनुभयो ।
विद्यालयमा यसरी पढाइ तथा पोसाकलगायत सबै क्षेत्रमा परिवर्तन ल्याइएपछि निजी विद्यालयका विद्यार्थीसमेत आफूहरूकहाँ अध्ययन गर्न आउन थालेको दाबी गरिएको छ । गत वर्ष ४ सयको हाराहारीमा विद्यार्थीको संख्या रहेकामा हाल ८ सय नाघिसकेको विद्यालयका अर्का शिक्षिका मीरा विष्टले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही दिन अघि महाकाली नदिमा आएको बाढीले विस्तापित भएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय विपन्न परिवारलाई गैरआवासीय नेपाली

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा