अस्ट्रेलियामा कोभिड अस्पतालमा महिलाले लगाइन् आगो

१४ मंसिर २०७८, मंगलवार १०:५३ मा प्रकाशित

सिड्नी । अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा अ‍ागो लागेपछि एक महिला पक्राउ परेकी छन् । अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित एउटा होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन् । अ‍ाफू बसेको होटलको बेडमा अ‍ागो लगाएको उनीमाथि अ‍ारोप लागेको छ । उनी अ‍ाइतबार दुइ बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी थिइन् ।

अ‍ागो लागेपछि १६० जनालाइ होटलबाट बाहिर निकालिएको थियो । अ‍ागलागीमा कोही पनि घाइते भएका छैनन् । अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला अ‍ागलागीको घटना सार्वजनिक भएको हो ।

अ‍ोमिक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । यसलाइ विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ । भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया, जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ ।

कोभिड नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगकाे सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको थियो । नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष

न्युयोर्क।रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहो-याएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा