बोक्सी आरोपमा दुव्र्यवहार, बहुविवाह गर्ने पक्राउ

२० आश्विन २०६९, शनिबार ०७:४७ मा प्रकाशित

गजुरी (धादिङ), २० असोज । आफूलाई बोक्सीको आरोपमा दुव्र्यवहार गर्नेलाई गिरफ्तार गरी कारबाही गर्न एक पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।
कुम्पुर गाविस–८ चाँपखोलाकी ७३ वर्षीया साहिँली गुरुङलाई छिमेकी ४० वर्षीया मीनुमाया गुरुङले आफ्नी सानी छोरीलाई बोक्सीमन्त्र गरेर बिरामी पारेको आरोपमा कुटपिट गरेकी गरेपछि यस्तो अवस्था आएको हो । आफूलाई तीजको दिनमा समेत कुटपिट गरी भुत्ल्याएर मार्ने धम्की दिई तीज मनाउन समेत नदिएको पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् ।
गत वर्ष पुसमा समेत यसरी नै बोक्सीको आरोपमा वृद्धा साहिँली गुरुङलाई कुटपिट गरिएपछि इलाका प्रहरी कार्यालयमा समेत मिलापत्र गरिएको भए पनि पटक पटक कुटपिट गर्दै मार्ने धम्की दिइएको पीडितले जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन बुढाथोकीले बताउनुभयो । पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिई पीडकलाई गिरफ्तार गरेर मुलुकी ऐन बमोजिम हदैसम्मको सजाय गर्न माग गरेकी छन् ।
यसैबीच, नौबिसे गाविस–४ खत्रीपौवा निवासी ४० वर्षीय दिनेश लामालाई बहुविवाह गरेको आरोपमा गिरफ्तार गरिएको छ । पहिली पत्नी ३० वर्षीया शर्मिला लामाको जाहेरीका आधारमा लामालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर